पत्रकारद्धय सुब्बा र विद्रोहीलाई दिव्यराज आचार्य स्मृति पुरस्कार


धरान । दिव्यराज आचार्य स्मृति पुरस्कारबाट धरानका अग्रज पत्रकार हर्ष सुब्बा र पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्ष राजेश विद्रोही पुरस्कृत भएका छन् ।
क्रान्तिकारी पत्रकार संघ सुनसरीले धरानमा एक कार्यक्रम आयोजना गरि पत्रकारद्धयलाई पुरस्कार प्रदान गरेको हो । पुरस्कार राशी जनही १० हजार एक र ताम्रपत्र रहेको छ । संघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकारद्धयलाई दोसाल्ला ओढाउनुका साथै ताम्रपत्र प्रदान गरेका थिए । पुरस्कृत सुब्बा कान्तिपुरमा आवद्ध छन् भने विद्रोही धरानबाट प्रकाशित ब्लाष्ट टाइम्ससँग आवद्ध छन् ।


वामपन्थी आन्दोलनका अगुवा स्वर्गीय दिव्यराज आचार्यको स्मृतिमा उनका छोरा गणेश प्रसादले दुई बर्षअघि पुरस्कार स्थापना गरेका हुन् । दुई बर्षअघि एक लाख रुपैयाको अक्षयकोष स्थापना गरिदिएका आचार्यले कोषमा पछि थप २ लाख रुपैया प्रदान गरेका थिए । कोषमा ५ लाख रुपैया पुर्याउने लक्ष्य लिएको संस्थापक आचार्यले बताएका छन् । पत्रकार समाजका ऐना भएको धारणा राख्दै संस्थापक आचार्यले हौसला प्रदान गर्न बुबाको स्मृतिमा अक्षयकोष तथा पुरस्कार स्थापना गरेको बताए । भविष्यमा यो पुरस्कार पुर्वाञ्चलकै धेरै राशीको पुरस्कार बनाउने उनले बताए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे