बीपी प्रतिष्ठानलाई भारतको सहयोग निरन्तर रहने


धरान । नेपालका लागि भारतीय राजदुत रञ्जित रेले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास र सञ्चालनको लागि भारत सरकारको सहयोग निरन्तर रहने बताएका छन् । मंगलबार भारत सरकारको सहयोगमा निर्माण गरिएको आधुनिक शैक्षिक भवनको उद्घाटन राजदुत रेले प्रतिष्ठानलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
प्रतिष्ठानको स्थापनाकालदेखि नै प्रतिष्ठानको विकास र सञ्चालनमा भारत सरकारको सहयोग रहेको पनि उनले उल्लेख गरे । प्रतिष्ठानलाई नेपाल र भारतको सम्बन्धको अनुपम नमुना भएको पनि उनले जिकिर गरेका थिए । ‘यो संस्था नेपाल र भारतबीचको सम्बन्धको अनुपम नमुना हो, त्यसैले यसको विकास र सञ्चालनमा भारत सरकारको सहयोग निरन्तर रहनेछ’–राजदुर रे ले भने । राजदुर रेले प्रतिष्ठानका लागि आवश्यक पर्ने सबै सहयोग भारत सरकारले निरन्तरता दिनेमा विश्वास व्यक्त गर्दै आफुलेसमेत सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए । प्रतिष्ठानको उद्घाटन गर्दा तत्कालीन भारतीय विदेशमन्त्री जशवन्त सिंह आएको स्मरण गर्दै उनले प्रतिष्ठानले स्वास्थ्य सेवा एवं शिक्षणमा दक्षिण एशियामै ख्याती कमाएको भन्दै प्रसंसासमेत गरेका थिए ।

राजदुर रेले मंगलबार प्रतिष्ठानको हाताभित्र करिव १५ करोडको लागतमा निर्माण गरिएको शैक्षिक भवनको उद्घाटन गरेका थिए । सो भवनको दुई बर्ष अघि तत्कालीन भारतीय राजदुत राकेश शूदले सिलान्यास गरेका थिए । भवनमा सेन्ट्रल एयरकन्डिसन, साउण्ड सिष्टम, सर्भर कन्ट्रोल प्रोजेक्टर र साउण्ड प्रुफयुक्त २ सय ५० विद्यार्थी क्षमताको ४ वटा कक्षा कोठा रहेको प्रतिष्ठानले जनाएको छ । यस्तै, आधुनिक एवं सुविधा सम्पन्न २ सय विद्यार्थी क्षमताको एनाटोमी, फिजियोलोजी, वायोकेमिष्ट्री, माइक्रोलोजी, प्याथोलोजी, फर्माकोलोजी र फरेन्सिक ल्यावको साथै पुस्तकालय र सेमिनार हलसमेत निर्माण गरिएको प्रतिष्ठानका उपकलुपति प्रा.डा. बीपी दासले जानकारी दिए । उनका अनुसार सो भवन दक्षिण एशियाकै पहिलो सुविधायुक्त शैक्षिक भवन हो ।

उपकुलपति डा. दासले फर्निचर, सवारी साधान, डी.एम.÷एम.सीएच. तथा सुपर स्पेसियालीटी सेवाका लागि आवश्यक सहयोग गर्न राजदुत रे लाई आग्रह गरेका थिए । स्थापनाकालमा भारत सरकारले दिएको विभिन्न उपकरणहरु पुरानो भएकोले आधुनिक प्रविधियुक्त थप उपकरणहरु जडानका लागि सहयोग गर्न दासले भारत सरकार समक्ष अनुरोध गरेका थिए । कार्यक्रममा भारतीय राजदुतावासका आर्थिक विभागका प्रथम सेक्रेटरी मदन सिंह भण्डारी, प्रतिष्ठानका शैक्षिक डीन डा. सुधा अग्रवाल लगायतले मन्तव्य राखेका थिए भने प्रतिष्ठानका शिक्षाध्यक्ष डा. विक्रम श्रेष्ठले शैक्षिक कार्यक्रम, अस्पताल निर्देशक डा. अरविन्द सिन्हाले अस्पताल सेवा र विल्डिङ डिजाइन अथोरिटीका कन्सल्टेन्ट तथा प्रबन्ध निर्देशक खेम दालकोटीले नवनिर्मित शैक्षिक भवनको बारेमा प्रकाश पारेका थिए ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे