खम्बुवानका अध्यक्षले छिमेकीसँग मिलेर श्रीमति कुटे
धरान,चैत ५ । छिमेकी महिलासँग मिलेर खम्बुवानका नेताले आफ्नै श्रीमतिलाई कुटेका छन् । खम्बुवान राष्ट्रिय मोर्चाका सुनसरी जिल्ला अध्यक्ष शिखर खम्बुले छिमेकी महिलासँग मिलेर श्रीमति अञ्जना राईलाई कुटपिट गरेका हुन् ।
आइतबार राती करिब ९ बजे भएको कुटपिट घटनामा खम्बुावानका नेताले छिमेकी सनिता राईसँग मिलेर श्रीमतिलाई कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते पीडित राईले ज्यान सुरक्षाको माग गर्दै प्रहरीमा ठाडो निवेदन दिएपछि मात्रै घटना सार्वजनिक भएको हो । उनको दाहिने आँखा, ओठ, पाखुरा, ढाडलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । खम्बुवान नेता र छिमेकी सनिताबीचको सम्बन्धको बारेमा उनका छरछिमेकीहरुले पनि शंका जनाउन थालेका छन् । नेता खम्बु अधिकांश समय छिमेकी महिलाको घरमा बस्ने गरेकोले पनि उनीहरुबीचको सम्बन्ध शंकास्पद भएको स्थानीयको भनाई छ ।
घरको विजुलीसम्बन्धी सामान(प्लक) चलाउन लगेकोले केटाकेटीलाई माग्न पठाएको निहुँमा आफुमाथि कुटपिट भएको पीडित महिलाले बताएकी छिन् । श्रीमान्ले पनि त्यही बिषयमा २ झापड कुटेको र पछि सनिताले जथाभावी मुक्का हानेको पीडितको भनाई छ । ‘सानो प्लकको बिषय थियो, मैले नानीलाई माग्न पठाएको थिएँ, श्रीमान् नयाँ किनी दिनु रे भन्दै उल्टो कुरा सुनाएछ’–प्रहरी कार्यालयमा मंगलबार भेटिएकी पीडितले भनिन्–‘शुरुमा श्रीमानले झापड हान्नुभयो, अनि सनिता आएर मुक्काले कुट्यो ।’ उनले आफ्नो जीवन रक्षाको माग गर्न र उपचार गराई माग्न प्रहरी कार्यालय आएको पनि बताइन् ।

(०७० चैत ५ गतेको नागरिक दैनिकमा प्रकाशित)
Netaharu gatilo nepal ma kaha hunchhan ra?
ReplyDelete