ठुलो परिमाणको लागुऔषधसहित एक पक्राउ


धरान । ठुलो परिमाणमा लागुऔषधसहित एक कारोबारीलाई पक्राउ गर्न धरान प्रहरी सफल भएको छ । लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न विराटनगर १५ का अजयकुमार शर्मालाई प्रहरीले बिहिबार साँझ पक्राउ गरेको हो ।
आकस्मिक जाँचको क्रममा साँझ करिब साढे ६ बजे तीनकुने नाकामा शर्मा लागुऔषधसहित समातिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मुकुन्द रिजालले जानकारी दिए । उनका अनुसार शर्माको साथबाट ५० वोतल कोरेक्स र ६० पत्ता(१४ सय ४० क्याप्सुल) स्पास्मो प्रोक्सिभन वरामद भएको छ । शर्मा को १ ख ३५१२ नम्बरको बसमा विराटनगरबाट धरान आउदै गर्दा समातिएका हुन्  लागुऔषध कारोबारीको मुख्य बजार रहेको धरानमा कारोबारीको जालो तोड्न केही समय यता प्रहरी केन्द्रीत भएको छ । धरान प्रहरीले पक्राउ गरेको मध्ये यो दोस्रो ठुलो परिमाणको लागुऔषध हो । यसअघि साउन अन्तिमसाता महम्मद अजरुल अन्सारीलाई धरान प्रहरीले १ सय ५८ वटा कोरेक्स र १४ सय ३६ क्याप्सुल स्मास्मोसहित पक्राउ गरेको थियो ।
‘लागुऔषधविरुद्धको अभियानकै क्रममा यो सफलता पाएका हौं, साँझ तीनकुनेमा आकस्मिक जाँच गर्दा पक्राउ परेको हो’–निरीक्षक रिजालले भने–‘लागुऔषधको मात्रा र प्याकिङ गर्ने शैली हेर्दा उनी पेशेवर कारोबारी रहेको देखिन्छ ।’

रिजालका अनुसार शर्माले खुला सिमाको फाइदा उठाउदै भारतीय बजारबाट लागुऔषध ल्याएको देखिन्छ । शर्माले धरानमा को व्यक्तिसँग मिलेर करोबार गरिरहेका थिए भनेर अनुसन्धानलाइ केन्द्रीत गरिएको रिजालको भनाई छ । ‘लागुऔषध लुकाउन मोडस अपराण्डी विधि प्रयोग गरेको देखिन्छ, यो पेशेवर अपराधी(कारोबारी)ले अपनाउने शैली हो’–रिजालले भने ।
धरान प्रहरीले लागुऔषध कारोबारी धमाधाम प्रक्राउ गरिरहेपनि भित्रिन भने छोडेको छैन । कारोबार पहिलादेखि नै भइरहेपनि पछिल्लो समयमा प्रहरी सक्रिय हुदा धेरै कारोबारी समातिएकोले कारोबार बढेको जस्तो देखिएको प्रहरीको भनाई छ । ‘लागुऔषधको कारोबार र समस्या हिजो पनि व्यप्त थियो, अहिले प्रहरी सक्रियताले कारोबारीहरु कानुनी दायरामा आउदा धेरै देखिएको मात्रै हो । हामी सञ्जाल तोड्न केन्द्रीत छौं’–रिजालले भने । चालु आर्थिक बर्षको साउन यता मात्रै ६६ जना कारोबारी तथा सेवनकर्ता समातिएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । तीमध्ये १३ जना पुर्पक्षका लागि थुनामा छन् भने २५ जना धरौटीमा अदालतबाट छुटेको मुद्दा फाँटका हवल्दार लोकबहादुर दाहालले जानकारी दिए ।
   
                                   (०७० चैत १ गतेको नागरिक दैनिकमा प्रकाशित)


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे