सालकको खपेटासहित एक पक्राउ


धरान,फागुन ५ । संरक्षित वन्यजन्तु सालकको खपेटा लिएर धरान आउदै गरेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । धरानको प्रवेश नाका तिनकुनेमा चेकजाँचको क्रममा सोमबार महामाई ८ इलामका ४९ बर्षीय केजबहादुर लावतीलाई प्रहरीले पक्राउ गरेको हो ।
लावती यात्रु बाहक बसमा झोलामा खपेटा बोकेर धरान आउदै गर्दा समातिएका हुन् । लावतीको साथबाट ५ सय ग्राम खपेटा वरादम भएको प्रहरी निरीक्षक मुकुन्द रिजालले जानकारी दिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले संरक्षित सुचिमा राखेको वन्यजन्तुको बिक्रीवितरण तथा ओसारपसारमा निधेष गरेको हुनाले खपेटासहित भेटिएका लावतीलाई नियन्त्रणमा लिइएको रिजालले बताए । सालकको खपेटा कारोबारी सक्रिय भएको हुनसक्ने देखिएकोले थप अनुसन्धान गरेर लावतीलाई इलाका वन कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।
प्रहरी नियन्त्रणमा रहेका लावतीले गाउँमा केटाकेटीले मारेर ल्याएको सालकको खपेटा बोकेर धरान आएको बताएका छन् । धरानमा भएका आफन्तलाई भेट्न आउने क्रममा नाङ्लोमा औषधी बेच्नेले खर्च दिन्छु भनेकोले खपेटा लिएर आएको बताए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे