कुम्भमेलाको प्रचारमा कलश यात्रा


धरान । दुई सातापछि चतराधाममा शुरु हुने दोस्रो पुर्ण पिण्डेश्वर कुम्भमेलाको प्रचारको लागि देशव्यापी कलश यात्राको आरम्भ गरिएको छ । कुम्भमेला आयोजक समितिले आइतबार धरानस्थित पिण्डेश्वर मन्दिर परिसारमा रुद्राभिषेक गरेपछि देशव्यापी पूर्णकलश यात्राको आरम्भ गरिएको थियो ।
 कलश यात्रा आरम्भ समारोहमा सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल पनि सहभागी थिए । कुम्भमेलाको प्रचारमा निकालिएको कलश यात्रा मेचीदेखि महाकालीसम्म पुगेर कुम्भमेला अघि नै आइपुग्ने कलशयात्राका संयोजक मोदराज डोटेलले बताए । ‘कुम्भमेला प्रचारकै लागि कलशयात्रा निकालिएको हो, मेचीदेखि महाकालीसम्म पुगेर कुम्भ शुरु हुनुअघि नै सुनसरी आइपुग्छ’–डोटेलले भने ।


वालसन्त मोहनशरण दाश देवाचार्यले कुम्भमेललाई सफल बनाउन सबैको साथसहयोग आवश्यक भएको बताए । कलश यात्राले कुम्भको प्रचारमा सघाउने उनले विश्वास जताए । कृष्णदास महाराजले अस्ताएको कुम्भलाई वालसन्तले ब्युताएको चर्चा गर्दै चतराधाम पवित्रस्थलकोरुपमा स्थापित हुदै गएको र यसले पर्यटन विकासमा पनि टेवा पुर्याइरहेको धारणा राखे । सुनसरीको चतराधाममा वालसन्तले २०५९ सालमा पहिलो पटक कुम्भमेला आयोजना गरेका थिए । कलश यात्रा शुभारम्भ समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री रिजालले धार्मिक स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु नहुने बताए ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे