अफ्रिकन युनाइटेड सेमीफाइनल पुग्यो(फोटोफिचर)


धरान,चैत १५ । अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको १६ औं सँस्करणमा अफ्रिकन युनाइटेड क्लब सेमीफाइनल प्रवेश गरेको छ । शनिबार धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा एनएमबि मछिन्द्र क्लबलाई २–१ गोलअन्तरले हराउदै अफ्रिकन सेमीफाइनल पुगेको हो ।
प्रतिस्पर्धात्मक खेलमा अफ्रिकनका एल्भिसले पहिलो हाफको ४२ औं मिनेटमा र इब्राहिमले अतिरिक्त समयको १४ औं मिनेटमा इब्राहिमले गोल गर्दै टिमलाई जित दिलाएका थिए । एक गोलले पछि परेको अवस्थामा मछिन्द्रका विशाल राईले दोस्रो हाफको इन्जुरी समयमा बराबारी गोल गरेका थिए । तर, अतिरिक्त समयमा इब्राहिमको गोलसँगै अफ्रिकनले जित हात पार्यो । सो खेलको म्यान अफ दि म्याच अफ्रिकन युनाइटेडका सेगन भए । उनले नगद ५ हजार र ट्रफी पुरस्कार पाए ।


खेलमा दुवै टिमले थुप्रै गोल गर्ने अवसर गुमाएको थियो । अफ्रिकनका सेगनले पहिलो हाफको १४ औं मिनेटमा गरेको कडा प्रहार मछिन्द्रका गोलकिपरले गोल हुनबाट जोगाए भने सेगनकै अर्को कडा प्रहार गोलपोष्टमा ठोक्किदै बाहिरियो । पहिलो हाफकै ३१ औं मिनेटमा आबाको प्रहार माथिल्लो बार नजिकैबाट बाहिरियो । दोस्रो हाफको १४ औं मिनेटमा सेगनको प्रहार माथिल्लो बारमा ठोक्किउदै बाहिरिएको थियो ।
एनएनबि मछिन्द्रका कर्ण लिम्बूले पहिलो हाफको ११ औं मिनेटमा अफ्रिकनका गोलकिपरलाई विट गर्दै गोलपोष्टमा प्रहार गरेको वललाई अफ्रिकनका पिटरले जोगाए । दोस्रो हाफको २० औं मिनेटमा कर्णको क्रस पासमा जगजीत श्रेष्ठले वान भर्सेस वानमा हेड गरेपनि गोलपोष्टको दिसा दिन सकेनन् । २६ औं मिनेटमा जगजीतको फ्रिकिक प्रहारलाई अफ्रिकनका गोलकिपरले पञ्च गर्दै सुन्दर बचाउ गरे । यस्तै, २७ औं मिनेटमा अजय विकको पासमा गोलपोष्ट नजिकै हेड गरेपनि कर्ण लिम्बूले पोष्टको दिसा दिन सकेनन् ।


विजेता अफ्रिकनका प्रशिक्षक सुगन तण्डुकारले विभिन्न क्लबका खेलाडी समावेश भएकोले तालमेल हुन नसकेको बताए । डिफेन्सको गल्तीले निर्धारित समयको खेल बराबरी हुन पुगेको भन्दै उनले सेमीफाइनल खेलमा सुधार हुने बताए । ‘टुडिखेलमा २ दिन मात्रै अभ्यास गर्न पाएका थियौं, यहाँको मैदान निक्कै कडा रहेछ । अर्को खेलमा यही अभ्यास गरेर टिमले राम्रो खेल्नेछ’–उनले भने । जितको नजिक पुगेर पनि पराजित मछिन्द्रका प्रशिक्षक जोहन कलिनले पहिलो हाफमा खेलाडीले राम्रो खेल्न नसकेको बताउदै गर्मी र हावाले पनि साथ नदिएको बताए । ‘हामीले खेललाई टाइब्रेकरसम्म नपुर्याउन निक्कै प्रयास गर्यौं, तर दुर्भाग्य हार्न पुग्यौं’–प्रशिक्षक कलिनले भने । आइतबार धरान फुटबल एकेडेमी र नेपाल पुलिस क्लबीच खेल हुने आयोजक धरान फुटबल क्लबले जानकारी दिएको छ ।

(अफ्रिकन युनाइटेडका खेलाडी निलो जर्सीमा र एनएमबि मछिन्द्रका खेलाडी सेतो जर्सीमा) 























Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे