अन्र्तराष्ट्रिय चेसमा भारतीय बाल खेलाडी च्याम्पियन(फोटोफिचर)


धरान, चैत ५ । अन्र्तराष्ट्रिय प्रथम बुढासुब्बा खुल्ला फिडे रेटिङ चेस प्रतियोगिताको उपाधि भारत, अररियाका १४ बर्षीय कुमार गौरवले जितेका छन् । धरान ९ स्थित कवर्ड हलमा बुधबार सम्पन्न प्रतियोगितामा आफ्नै भाईसँग कुल ७.५ अंक बनाएका कुमार प्रोगेसिभ प्वाइन्टको आधारमा विजेता घोषित भएका हुन् । उनी २००५ फिडे रेटिङ भएका खेलाडी हुन् ।
विजेता कुमारका १२ बर्षीय भाई सौरव आनन्दले पनि समान ७.५ अंक बनाएका थिए । सौरवको फिडे रेटिङ १९७२ हो । विजेता कुमारले च्याम्पियन ट्रफीसहित नगद २५ हजार र मेडल थापे भने दोस्रो भएका सौरवले नगद १७ हजार र मेडल पाए । यस्तै, भारतकै १९६० फिटे रेटिङ भएका भेट्रान खेलाडी ६० बर्षीय दिलिप दास कुल ७ अंकका साथ तेस्रो भए । उनले नगद १२ हजार पाए ।

प्रतियोगितामा बुधबार नवांै चरण एवं फाइनल खेलमा विजेता कुमार र नेपालका फिडे मास्टर मनिष हमालबीच भएको खेल बराबारमा टुंगिएपछि दुवैले एक अंक आधा आधा बाँडेका थिए । दोस्रो भएका सौरव र नेपालका सुरविर लामाबीचको खेल पनि बराबारी भएपछि दुवैले अंक बाँडेका थिए । तेस्रो भएका भारतका दिलिप दासले भने नेपालका प्रज्वल घिमिरेलाई हराउदै एक अंक बटुलेका थिए ।
समान ६.५ अंक भएपनि २०३५ रेटिङका फिडे मास्टर मनिष हमाल, २०३३ रेटिङका राजेन्द्र राजभण्डारी, २०८७ रेटिङका बद्रीलाल नेपाली र २०७० रेटिङका सुरविर लामा प्रोगेसिभ प्वान्टको आधारमा क्रमशः चौथो, पाँचौ, छैटौं र सातौं स्थान भएका थिए । चौथो भएका हमालले नगद ८ हजार हात पारे भने पाँचौ भएका राजभण्डारीले नगद ६ हजार, छैटौं भएका नेपाली र सातौं भएका लामाले नगद जनही ४ हजार हात पारे । यस्तै, समान ६ अंक बनाएका नविन तण्डुकार, गणेशमान दुवाल र जर्नादन श्रेष्ठ क्रमशः आठौं, नवौं र दशौं स्थानमा रहे । उनीहरुले पनि जनही नगद ४ हजार थापे ।

यस्तै, समान ५.५ अंक बनाएका प्रज्वल घिमिरे, कृष्ण थापा, राजन सुवेदी, सुमन राई र हिमाल राई क्रमशः एघारौं, बाह्रौं, तेह्रौं, चौधौं र पन्ध्रौं स्थानमा समेटिए । उनीहरुले जनही नगद ३ हजारमा चित्त बुझाए । यसैगरि, प्रतियोगितामा ६ अंक बटुलेका विष्णु लिम्बूले पूर्वाञ्चलका उत्कृष्ट खेलाडी घोषित हुदै नगद ५ हजार पाए भने ५.५ अंक बटुलेका चुडामणी कुलुङ राई धरानका उत्कृष्ट खेलाडी चुनिदै नगद ४ हजार थापे । यसैगरि, विलो इएलओ १८५० तर्फ ५.५ अंक खेलेका सुमन श्रेष्ठ विजेता हुदै नगद २५ सय थापे भने विलो इएलओ १६५०तर्फ ५ अंक खेलेका प्रयास कक्षपति श्रेष्ठ विजेता हुदै नगद २५ सय थापे । अनरेटेडतर्फ ५ अंक खेलेका लक्ष्मण लिम्बू प्रथम हुदै नगद ४ हजार जिते भने ५ अंक नै खेलेका चुडामणी महतो दोस्रो हुदै नगद ३ हजार पाए ।

यु १५(१५ बर्ष मुनि उमेर समुह)तर्फ ५.५ अंक बटुलेका भारतकी सन्तोषी गुप्ताले वेष्ट खेलाडी हुदै नगद २५ सय पाइन् भने ५० बर्ष माथिको भेट्रानतर्फ उत्कृष्ट खेलाडी घोषित हुदै वसन्त लामाले पनि नगदन २५ सय पाए । प्रतियोगितामा गरिमा प्रसाई वेष्ट वमन खेलाडी घोषित भइन् भने भारतकी गरिमा गौरव यु ११(११ बर्ष मुनि उमेर समुह)तर्फ वेष्ट खेलाडी घोषित भइन् । विजेता खेलाडीहरुलाई आयोजक सुनसरी जिल्ला चेस संघका अध्यक्ष चुडामणी(गौतम) कुलुङ, प्रमुख अतिथि एवं धरान नगरपालिकाका सुचना अधिकृत भक्तिराज शर्मा, प्रतियोगताका संयोजक डा.के.बी. लिम्बू, संघका सल्लाहकार कृष्णमान थेवेलगायतले पुरस्कार वितरण गरेका थिए । स्वीस लिग प्रणालीमा खेलाइएको प्रतियोगितामा बुधबार ५४ जना खेलाडी मात्रै सहभागी भएका थिए । फागुन ३० गतेबाट शुरु भएको प्रतियोगितामा शुरुमा ५५ नेपाली र १५ भारतीय खेलाडीहरुले भाग लिएका थिए ।




























Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे