चैत १ गते पाँचौ मिस्टर पूर्वाञ्चल


धरान । पाँचौं मिस्टर पूर्वाञ्चल खुल्ला क्षेत्रीय शारीरिक सुगठन प्रतियोगिता ०७० चैत पहिलो साता धरानमा आयोजना हुने भएको छ । धरान १५ स्थित एलाइनेट जिम हलले शुक्रबार पत्रकार सम्मेलन गरेर प्रतियोगिता चैत १ गते धरान सभागृहमा आयोनजा हुने जानकारी दिएको हो ।
आयोजकले प्रतियोगितासँगै जजेज कार्यशाला पनि आयोजना गर्ने बताएको छ । फागुन ३० गतेको प्रि–जजिङ राउण्डबाट छनौट भएका खेलाडीहरुलाई मात्रै दोस्रो दिन फाइनलमा सहभागी गराइने प्रतियोगिताका संयोजक बिक्रम लिम्बूले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी र ७० केजी गरि ४ वटा तौल समुहमा मात्रै स्पर्धा हुनेछन् । ‘पूर्वका विभिन्न जिल्लाका क्लबबाट ४० देखि ५० जना खेलाडी सहभाग हुने अनुमान गरेका छौं’–संयोजक लिम्बूले भने ।
प्रि–जजिङ राउण्डमा एक तौल समुहबाट ५ जना खेलाडी छनौट भई फाइनल राउण्डको लागि कुल २० छनौट हुनेछन् । प्रत्येक तौल समुहमा हुने स्पर्धामा पहिलो हुने खेलाडीले मात्रै उपाधिको लागि ओभरअल राउण्डमा स्पर्धा गर्न पाउने संयोजक लिम्बूले बताए । ‘तौल समुहमा प्रथम हुने चार जना खेलाडीले मात्रै मिस्टर पूर्वाञ्चलको उपाधिको लागि ओभरअल राउण्डमा प्रतिस्पर्धा गर्न पाउनेछन्’–उनले भने ।


भरअल राउण्डबाट विजेता खेलाडीले पाँचौं मिस्टर पूर्वाञ्चलको उपाधि ट्रफी,मेडलसहित नगद ४० हजार हात पार्नेछन् । यस्तै, ओभरअल राउण्डमा दोस्रो हुने खेलाडीले नगद २० हजारसहित मेडल, तेस्रो हुनेले नगद १५ हजारसहित मेडल र चौथो हुनेले नगद १० हजारसहित मेडल पाउनेछन् । यसबाहेक वेष्ट पोजरको उपाधि पाउने खेलाडीले नगद ५ हजारसहित ट्रफी पाउने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा एउटा क्लबबाट एक तौल समुहमा २ जना खेलाडीले मात्रै भाग लिन पाउनेछन् । जसअनुसरा एउटा क्लबबाट चार वटा तौल समुहमा गरी जम्मा ८ खेलाडी र एक जना टिम मेनेजरले भाग लिन पाउनेछन् भने खेलाडीले अनिवार्यरुपमा नागरिकताको फोटोकपि पनि पेश गर्नुपर्नेछ । प्रतियोगिता कुल ३ लाख ८५ हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगतामा  ९ बर्षीय प्रवचन कार्कीको पनि शारीरिक सुगठनका पोजहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे