मिडिया कपको उपाधि टेलिभिजन टिमलाई(उद्घाटनदेखि समापन खेलसम्मको फोटोफिचर)


धरान,चैत ८ । १६ औं बुढासुब्बा रेडबुल गोल्डकप प्रर्वद्धन प्रथम मिडिया कप ०७० को उपाधि टेलिभिजन मिडिया फुटबल टिमले हात पारेको छ । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रको खेल मैदानमा शनिबार फाइनल खेलमा एफएम रेडियो टिमलाई २–१ गोल अन्तरले हराउदै टेलिभिजन टिमले उपाधि जितेको हो ।
 टेलिभिजनको जितमा रत्न खड्काले दुई गोल गरेका थिए भने रेडियाको धिरेन लिम्बूले एक मात्र गोल गरे । पहिलो हाफको १७ औं मिनेटमा गोल गरेर रत्नले टेलिभिजनलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको २३ औं मिनेटमा रेडियो एफएमका तर्फबाट धिरेन लिम्बुले गोल गरेर खेल बराबरी बनाए । निर्धारित समयमा दुवै पक्षबाट निर्णयक गोल नभएपछि १० मिनेट अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयको छैटौं मिनेटमा टेलिभिजनका रत्न खड्काले पुनः गोल गर्दै टिमलाई जित दिलाए । प्रतियोगिताअवधिभर ३ गोल गरेका खड्काले सर्वाधिक गोलकर्ता हुदै नगद एक हजार पनि थापे । विजेता टीमले नगद १० हजार र ट्रफि हात पार्यो भने उपविजेता बनेको एफएम रेडियो एफएम टिमले ७ हजारमै चित्त बुझायो ।


यसैगरि, प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडीमा टेलिभिजनका दिवस सुवेदी घोषित भए । उनले रु २ हजार र मेडल पाए । उत्कृष्ट गोल किपरमा टिभीकै गौतम श्रेष्ठ भए भने उत्कृष्ट डिफेन्स टिभिकै संजिब श्रेष्ठ घोषित भए । त्यस्तेै उत्कृष्ट मिडफिल्डरमा रेडियोका धिरेन लिम्बु धोषित भए भने उत्कृष्ट स्टाइकरमा रेडियोका रामकृष्ण खड्का, उत्कृष्ट प्रशिक्षकमा टिभिका केशव सापकोटा घोषित भए । सबैले जनही ५ सय र मेडल प्राप्त गरे । विजेता तथा उपविजेतालाई आयोजक धरान फुटबल क्लबका अध्यक्ष किसोर राई, प्रमुख अतिथि एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं पूर्वाञ्चल संयोजक मोहनकाजी न्यौपाने, महासंघकी केन्द्रीय पार्षद अम्बिका भण्डारी, पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरे,ताइपेईका मार्केटिङ मेनेजर अर्जुन घिमिरे, एन्फा टेक्निकल सेन्टरका निर्देशक दिपक राई, फोनिज सुनसरीका अध्यक्ष जनकऋर्षि राई, वाइजिसि क्लबका सचिव सुर्य राईलगायतले पुरस्कार वितरण गरेका थिए ।
धरान फुटवल क्लबले चैत १४ गतेदेखि २२ गतेसम्म आयोजना हुन लागेको १६ औं रेडवुल अन्तराष्ट्रिय कपलाई प्रचार गर्ने उदेश्यले मिडिया कपको आयोजना भएको हो । चैत ६ गतेदेखि शुरु भएको मिडिया कपमा टेलिभिजन, प्रिन्टि मिडिया, रेडियो एफएमको गरी ४ वटा टिम सहभागी थिए । आगामी बर्षदेखि मिडिया कपलाई थप व्यवस्थित एवं भव्यरुपमा नियमित गरेर लैजाने क्लबका अध्यक्ष किशोर राईले बताए । समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि न्यौपानेले सञ्चारकर्मी एवं मिडिया हाउसबीच मिडिया कपले सम्बन्ध सुमधुर बनाउने धारणा राख्दै सरकारले खेलकुदको विकासमा थप गम्भीरतापूर्वक सोच्ने बेला आएको बताए ।



























Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे