इलामको पर्यटन प्रवद्र्धन गर्न धरानमा पौरखी इलाम


धरान । इलामको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सहयोग पुग्ने उदेश्यले मोरङ र सुनसरीमा बसोबास गर्दै आइरहेको इलामेलीहरुले धरानमा एकदिने पौरखी इलाम कार्यक्रम आयोजना गर्ने भएका छन् ।
मोरङ सुनसरी इलामेली समाजले बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै इलाम जिल्लाको पर्यटकीय गन्तव्यहरुको जानकारी गराउने उद्देश्यले चैत १ गते सो कार्यक्रम गर्न लागेको जानकारी दिएको हो । समाजका अनुसार इलामका विभिन्न १२ वटा गन्तव्यहरुकोबोरमा सर्वसाधारणहरुलाई जानकारी दिन भानुचौकको घण्टाघरमा प्रर्दशनी गरिनेछ । प्रर्दशनीस्थलमा इलामको पर्यटकीय गन्तव्यका साथै कृर्षिजन्य उत्पादनहरुको प्रर्दशनी एवं बिक्रीकक्ष(स्टल) पनि राखिने समाजका अध्यक्ष कृष्ण शाहले जानकारी दिए । उनका अनुसार पौरखी इलाम कार्यक्रमले आगमी बैशाख १, २ र ३ गते आयोजना हुने भेटौ इलाममा कार्यक्रमको प्रर्वद्धनमा पनि सहयोग पुर्याउनेछ ।
‘गृहजिल्ला इलामको पर्यटकीय गन्तव्यहरुको प्रर्वद्धन गर्न यो कार्यक्रम आयोजना गर्न लागेका हौं, समालबुङ(अन्तु), कन्याम, पञ्चकन्या, माइपोखरी, जमुना, माबु, कोल्बुङ, सिद्धिथुम्कालगायत १२ गन्तव्यहरुको प्रर्दशनी गरिनेछ’–अध्यक्ष शाहले भने–‘यो कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटकलाई इलाम जिल्लासम्म पुर्याउने लक्ष्य लिएका छौं ।’ उनका अनुसार यस्तो प्रर्दशनी भविष्यमा इटहरी, विराटनगर र विराटचोकमासमेत आयोजना हुनेछ ।
घण्टाघरमा हुने प्रर्दशनीमा इलामको दुग्धजन्य, कृर्षिजन्य र जडिबुटीजन्य उत्पादनहरु कुचो, अलैची, चिया, अकबरे, चीज, ललिपप, छुर्पीलगायतको प्रर्दशनी पनि हुने आयोजकले जनाएको छ । समाजको आधिकारिक टुर अपरेटर सेक्ष ट्राभलिङको पनि पाँच स्टलहरु रहने बताइएको छ । कार्यक्रममा जिविस इलाम, इलाम नगरपालिका, उद्योग वाणिज्य संघ इलमक, होटल व्यावसायी संघ इलामका पदाधिकारीहरुको पनि सहभागीता रहने आयोजकले जनाएको छ । सोही दिन घण्टाघर परिसरमा रक्तदान कार्यक्रम पनि आयोजना गर्ने समाजको भनाई छ । ‘रगत अभावले इलामेलीहरु भौतारिनु नपरोस भनेर रक्तदान पनि आयोजना गर्न लागको हौं’–अध्यक्ष शाहले भने–‘इलाम भ्रमणकोलागि चासो र चाहना बढ्न गई इलामको पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा गरेका छौं ।’

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे