राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता धरानमा शुरु(फोटोफिचर)


धरान । पाँचौ राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता बुधबारदेखि धरानमा शुरु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रको क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा सुनसरी बहिरा क्रिकेट संघले काठमाण्डौं जिल्ला बहिरा क्रिकेट संघलाई ६ विकेटले हरायो ।
उद्घाटन खेलमा टस जितेर सुनसरीले फिल्डिङ रोजपछि काठमाण्डौं जिल्ला क्रिकेट संघ ब्याटिङ गर्न मैदानमा उत्रिएको थियो । २० ओभरको खेललाई समय अभावले १५ ओभरमा सिमित पारिएको थियो । पहिला ब्याटिङमा मैदानमा उत्रिएको काठमाण्डौंले ४ विवेटको क्षतिमा ७४ रन बनाएको थियो । काठमाण्डौंका सिद्धार्थ तामाङले सर्वाधिक १३ रन बटुले भने रितेश श्रेष्ठले १२ रन बटुले । नटआउट रहदै अनिल मर्हजनले १२ रन र सुजेन्द्र श्रेष्ठले ८ रन मात्रै बटुले । खेलमा जुल्फकार अन्सारी १ रन मात्रै जोड्न सके भने विजय साउद कुनै पनि रन बटुल्न नसकि पेभिलियन फर्किएका थिए । ३ ओभर वलिङ गरेका सुनसरीका कृष्ण धामीले मात्रै १० रन खर्चेर ३ विकेट लिए भने महमद साविरले एक विकेट लिए ।

काठमाण्डौंको ७५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको सुनसरीले १२.३ ओभरमा लक्ष्य भेट्याएको थियो । सुनसरीले ४ विकेटको क्षतिमा ७५ रन बनाएको थियो । सुनसरीको लागि नटआउट रहदै कृष्ण धामीले सर्वाधिक २१ रन बटुले भने सावि राईले १६ रन बटुल्दै पेभिलियन फर्केका थिए । यस्तै, प्रदिप जयसवाल १३ रन र निरज श्रेष्ठले २ रन मात्रै जोड्न सके । एक अंक पनि जोड्न नसकी महेन्द्र लिम्बु रनआउट भएका थिए भने महम्मद साविर नटआउट १ रनको योगदान दिए । काठमाण्डौका सजेन्द्र श्रेष्ठ, आर्यकुमार सिंह र सिद्धार्थ तामाङले सुनसरीको एक एक विकेट लिएका थिए । उद्घाटन खेलमा सुनसरीको जिताउन महत्वपुर्ण भुमिका खेलेका कृष्ण धामी म्यान अफ दि म्याच घोषित भए ।

चैत १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि एवं समाजसेवी मनिषकुमार लोहियाले ब्याटिङ र काठमाण्डौंका कप्तान रिवेश श्रेष्ठले वलिङ गरेर उद्घाटन गरेका थिए । प्रतियोगितामा काठमाण्डौं, सुनसरीसँगै मोरङ बहिरा क्रिकेट संघ, केन्द्रीय बहिरा उच्चमावि नक्साल, रुपन्देही बहिरा क्रिकेट संघ र झापा बहिरा क्रिकेट संघ गरी ६ वटा टिमले सहभागीता जनाएको आयोजक राष्ट्रिय बहिरा क्रिकेट संघका अध्यक्ष सरयु प्रसाद सेरचनले जानकारी दिए । प्रतियोगिताबाट २०÷२० बहिरा क्रिकेट विश्वकपको लागि राष्ट्रिय टिम तयार गरिने अध्यक्ष सेरचनले बताए ।
यो प्रतियोगिताबाट २० जना खेलाडी छनौट गरेर बन्द प्रशिक्षणमा राखेर विश्वकपको लागि तयारी गरिने कोषाध्यक्ष नवराज भटराईले बताए । प्रतियोगिताको विजेताले २५ हजार र ट्रफी पाउनेछ भने दोस्रो र तेस्रो टिमले क्रमशः नगद २० हजार र १० हजार पाउने उनले बताए । ०६६ सालदेखि बर्षेनी प्रतियोगिता आयोजना भइरहेको छ । प्रतियोगिताको लागि सरकारी बजेट अपर्याप्त हुने भएकोले आफ्नै खल्तीको पैसा लगाउन बाध्य भएको कोषाध्यक्ष भटराईको भनाई छ ।












Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे