धरानमा अन्र्तराष्ट्रिय फिडे रेटिङ चेस शुरु


धरान । अन्र्तराष्ट्रियस्तरको प्रथम बुढासुब्बा खुला फिडे रेटिङ चेस प्रतियोगिता शुक्रबारदेखि धरानमा शुरु भएको छ । सुनसरी जिल्ला बुद्धिचाल संघको आयोजनामा शुरु प्रतियोगिता चैत ५ गतेसम्म जारी रहनेछ ।
धरान १० स्थित सुनसरी जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा शुरु प्रतियोगितामा नेपाल र भारतका गरि ७० जना स्वदेशी तथा विदेशी खेलाडीहरु सहभागी छन् । प्रतियोगितामा नेपालका ५५ जना र भारतबाट १५ जना खेलाडी सहभागी भएको आयोजक संघका अध्यक्ष गौतम कुलुङले जानकारी दिए । स्वीस लिग आधारमा खेलाइने प्रतियोगितामा एक खेलाडीले ९ चरण(९ जना)सम्म स्पर्धा गर्नुपर्नेछ ।
प्रतियोगितामा प्रथम हुने खेलाडीलाई नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ भने दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः १७ हजार र १२ हजार पाउनेछन् । प्रतियोगितामा चौथो हुने खेलाडीले नगद ८ हजार र पाँचौ हुनेले नगद ६ हजार पुरस्कार पाउनेछन् । यसैगरि, छैठोदेखि १० औं स्थानसम्मका खेलाडीले जनही ४ हजार र प्रमाण पाउनेछन् भने ११ देखि १५ औं स्थानसम्मका खेलाडीले जनही ३ हजारका दरले नगद पुरस्कार पाउनेछन् ।

यस्तै, वरियताविहिन खेलाडीतर्फका प्रथम र दोस्रोलाई क्रमश ः नगद ४ हजार र ३ हजार तथा मेडल दिइने संयोजक एवं धरान चेस क्लबका संरक्षक डा.के.बी.लिम्बूले जानकारी दिए । यसैगरि, पूर्वाञ्चल क्षेत्रका एक उत्कृष्ट खेलाडीलाई नगद ५ हजार र मेडल दिइने आयोजकले घोषणा गरेको छ भने धरान क्षेत्रका उत्कृष्ट एक खेलाडीले नगद ४ हजार र मेडल पाउनेछन् । प्रतियोगितामा सहभागी ५० बर्ष माथिका एक जना भेट्रान खेलाडीलाई नगद २५ सय दिइने संघका अध्यक्ष कुलुङले बताए । यसैगरी, यु १४ उमेर समुहका खेलाडीमध्ये एक जनालाई २५ सय, यु ११ उमेर समुहका खेलाडीलाई नगद २५ सय दिइनेछ ।
शुक्रबार पहिलो चरणको खेलमा सबै खेलाडी सहभागी गराएर उनीहरुको प्रर्दशनको आधारमा खेलाडीहरुको स्तर निर्धारण गरि टिम बनाएर प्रतिस्पर्धा गराइने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताले लुकेर बसेका प्रतिभा एवं खेलाडीहरुलाई प्रोत्साहन मिल्ने आयोजक संघका अध्यक्ष कुलुङले बताए । प्रतियोगितामा सानो उमेरकाहरु पनि सहभागी हुने भएकोले उनीहरुको बौद्धिक विकास गराउने उनले बताए ।
                 
(०७० चैत १ गतेको नागरिक दैनिकमा प्रकाशित)




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे