१६ औं बुढासुब्बा गोल्डकप शुरु, आयोजक सेमीफाइनलमा(फोटोफिचर)


धरान,चैत १४ । १६ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबारदेखि धरानमा शुरु भएको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सञ्चालन हुने प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले गरे ।
शुक्रबार भएको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले भारत दार्जिलिङको कञ्चनजंगा फुटबल क्लबलाई २–० गोलअन्तरले हराउदै सेमीफाइनल प्रवेश गरेको छ । पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन भने दोस्रो हाफमा आयोजकले २ गोल गरेको थियो । दोस्रो हाफको ८ औं मिनेटमा अफ्रिकन खेलाडी डिमोलाले गोल गरेका थिए भने दोस्रो हाफको ३५ औं मिनेटमा अफ्रिकन खेलाडी मार्टिनले धरानको लागि दोस्रो गोल गरेका थिए । चार जना विदेशी र ७ जना राष्ट्रिय टिमका खेलाडीसहित मैदानमा उत्रिएको धरानले अपेक्षा अनुसार खेल्न भने सकेन । तथापी, खेलमा दुवै टिमले धेरै गोल गर्ने अवसर खेर फालेको थियो ।


पहिलो हाफको ५ मिनेटमै धरानका स्मार्टको हेड प्रहार गोलपोष्टको दिसा लिन सकेन भने ११ औं मिनेटमा असिमजंग कार्कीले डि बक्स नजिकबाट गरेका प्रहार बाहिरिएको थियो । यस्तै, दोस्रो हाफमा आक्रमकरुपमा प्रस्तुत भएको धरानले आधादर्जन बढी अवसर खेर फाल्यो । दार्जिलिङ्गले पनि गोल गर्ने थुप्रै अवसरलाई सदुपयोग गर्न सकेन । पहिलो हाफको १३ औं मिनेटमा विदुर क्षेत्रीले वान भर्सेस वानमा गरेको प्रहार धरानका गोलकिपर किरण चेम्जोङ्गले बचाए । यस्तै, २७ औं मिनेटमा सन्दिप राईले दिएको पासलाई गोलकिपर चेम्जोङ्गले समयमै डिबक्सबाट गोल क्लियर नगर्दा दार्जिलिङ्गका प्रकाश रोयले खोसेर पोष्टमा प्रहार गरेपनि कोही खेलाडी नहुदा धरानको खतरा टरेको थियो । यसैगरि, ४२ औं मिनेटमा कप्तान अमर लामाको प्रहार माथिल्लो गोलपोष्टलाई छुदै बाहिरिएको थियो ।

खेलमा जित हात पारेपनि धरानका प्रशिक्षक सागर घिमिरेले खेलाडीले तालमेल मिलाउन भन्दा पनि गोल गर्न मात्रै हत्तारिदा गोलअन्तर धेरै नभएको बताए । ‘हाम्रो टिमले सामुहिक अभ्यास गर्न नपाएकोले पनि तालमेल नमिलेको जस्तो देखियो, खेलाडी गाोल गर्न मात्रै हत्तारिए’–उनले भने । दार्जिलिङको टोली पहिलो पटक भाग लिएपनि राम्रो खेलेको उनले बताए । दार्जिलिङका प्रशिक्षक दिनकर क्षेत्रीले दोस्रो हाफको खेल पुरै रक्षात्मक हुनपुग्दा टिमको हार भएको बताए । खेलाडीमा अनुभवको कमी र पहिलो गोल धरानले सहजै लगाउनु नै खेलको टर्निङ्ग प्वाइन्ट भएको उनले बताए । ‘अनुभवको कमी भयो, पहिलो गोल एकदमै सफ्ट गोल खायौं, खेलाडी हतास भए,त्यो नै टर्निङ्ग प्वाइन्ट थियो’–उनले भने–‘तथापी, बलियो टिमसँगको हार भएकोले सन्तुष्ट नै छुँ ।’


सो खेलको म्यान अफ दि म्याच आयोजक टिमका विजय धिमाल घोषित भए । उनलाई म्यान अफ दि म्याच पुरस्कारका प्रायोजक शिक्षासेवी लेखीराज सुब्बाले नगद ५ हजार र ट्रफी प्रदान गरे । चैत २२ गतेसम्म हुने प्रतियोगितामा दुई विदेशी टिमसहित ८ टिम सहभागी छ । उद्घाटन समारोहमा आयोजक क्लबलाई सहयोग गर्ने र अक्षय कोषका दाताहरुलाई सम्मान गरिएको थियो । आयोजकले बुढासुब्बा मन्दिरको लागि मुख्य पुजारीलाई गजुर पनि हस्तान्तरण गरेको थियो । प्रतियोगिताका विजेताले नगद ३ लाख २५ हजार र उपविजेताले एक लाख ६२ हजार ५ सय पाउनेछ । यस्तै, उत्कृष्ट खेलाडीलाई यामाहा मोटरसाइकल दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा शनिबार अफ्रिकन युनाइटेड र एनएमबि मछिन्द्र बीच खेल हुने आयोजकले जनाएको छ ।



























Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे