नेपाली टोपी दिवसमा र्याली


धरान । मार्च १ लाई नेपाली टोपी दिवस मनाउने क्रममा शनिबार धरानमा टोपी लगाएर र्याली निकालिएको थियो । राष्ट्रिय सँस्कृति राष्ट्रिय शान, यसलाई जोगाउने हाम्रो अभियान भन्ने नारा दिएर द आर्ट अफ लिभिङ्ग नेपाल, धरान च्याप्टरले टोपी दिवस मनाएको हो । नेपाली टोपी दिवस मनाइएको यो पहिलो अवसर हो ।
संस्थाले टोपी नलगाई आएका सर्वसाधारणहरुलाई टोपी वितरण गरेको थियो । टोपी दिवस मनाउने क्रममा शनिबार बिहान धरानमा र्यालीसमेत निकालियो । अग्रसेनबाट शुरु भएको र्यालीले नगरको परिक्रमा गरेको थियो । टोपी दिवस कार्यक्रमका वक्ताहरुले राष्ट्रियता कमजोर बन्दै गइरहेको बेला नेपाली टोपी दिवसले राष्ट्रिय भावना जगाउने र एकता कायम राख्ने धारणा व्यक्त गरे । प्राध्यापक राजेन्द्र शर्माले टोपीलाई कुनै जातिको नबनाउन आग्रह गर्दै राष्ट्रियताको भावनालाई व्यापकता दिनुपर्ने बताए ।


अर्का प्राध्यापक हरिप्रसाद दाहालले सबैको जातीय पहिचान र पोशाक राष्ट्रिय पहिरन र सबै नेपाली भएको बताए । पत्रकार भवानी बरालले टोपीलाई नेपाली राष्ट्रियताको प्रतिककोरुपमा स्थापित गर्नसकिने बताए । नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले टोपी लगाउदा राष्ट्रियता उचो हुने बताए । आयोजक संस्थाका धरान च्याप्टर संयोजक वृदिचन्द अग्रवालले राष्ट्रियताको भावनालाई व्यापकता दिन कार्यक्रम आयोजना गरेको बताए ।
जीवन जिउने कला सिकाउदै आएको विश्वविख्यात संस्था द आर्ट आर्ट लिभिङ्गका संस्थापक श्री श्री रवि शंकर गत बर्ष मार्च १ को दिन धरान आएका थिए । त्यतिबेला पब्लिक उच्चमाविको मैदानमा आयोजित भव्य समारोहमा रवि शंकरलाई स्थानीयबासीले नेपाली पोशाक र टोपी लगाएर स्वागत गरेका थिए । धरानेहरुको भव्य स्वागतसँगै शिरमा टोपी लगाइदिएपछि रवि शंकरले मार्च १ तारिखलाई नेपाली टोपी दिवसकोरुपमा मनाउन आग्रह गरेका थिए । उनले घोषणा गरेको यही मार्च १ तारिखलाई नेपालमा द आर्ट अफ लिभिङ्गले नेपाली टोपी दिवसकोरुपमा यो बर्षदेखि मनाउन थालेको हो ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे