च्याम्पियन वविन्द्र लुम्बिनि प्रतियोगिता नखेल्ने


धरान । प्रथम राष्ट्रिय लुम्बिनि च्याम्पियनसिपअन्र्तगतको आयोजना हुने गल्फ प्रतियोगिताको लागि पूर्वाञ्चलबाट तीन खेलाडी छनौट भएका छन् । धरानस्थित निर्वाणा कन्ट्री क्लबको गल्फ कोर्षमा शनिबार सम्पन्न प्रतियोगिताबाट खेलाडी छनौट भएको हो ।
छनौट प्रतियोगितामा १२ ओभर ८२ स्कोर गर्दै विरेन्द्र लिम्बू प्रथम भए । यस्तै, समान १३ ओभर ८३ स्कोर गरेका राजु राई, हरिबहादुर राई र बबिन्द्र राई दोस्रो स्थानमा रहे भने १४ ओभर ८४ स्कोरका साथ पुर्ण लिम्बू पाँचौं स्थानमा रहे । छनौट प्रतियोगितामा प्रथम भएपनि विरेन्द्र राष्ट्रिय गल्फ प्रतियोगिता खेल्न भने नजाने भएका छन् । उनी नजाने भएपछि संयुक्त दोस्रो स्थानमा रहेका तीन खेलाडीले पूर्वाञ्चलको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउने सुनसरी गल्फ संघका सचिव तिलक राईले बताए ।


शुक्रबारदेखि शुरु भएको दुई लिने छनौट प्रतियोगितामा पूर्वाञ्चलका २१ जना खेलाडीहरुले सहभागीता जनाएका थिए । स्ट्रोक प्लेको आधारमा शुरु भएको छनौट प्रतियोगिताको पहिलो दिनमा तीन खेलाडी बाहिरिएको थियो । पार ७० को कार्षमा शनिबार १८ जनाले मात्रै खेलेका थिए । छनौट भएका खेलाडीले पूर्वाञ्चलको प्रतिनिधित्व गर्दै चैत ५ र ६ मा रोयल नेपाल गल्फ क्लबमा राष्ट्रिय प्रतियोगिता खेल्नेछन् ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे