सुनसरी समुह विजेता हुदै फाइनलमा


धरान । पाँचौ राष्ट्रिय टि २० बहिरा क्रिकेट प्रतियोगिता समुह विजेता हुदै सुनसरी बहिरा क्रिकेट संघ फाइनल प्रवेश गरेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रको क्रिकेट मैदानमा बिहिबार केन्द्रीय बहिरा उच्चमावि, नक्साललाई १ सय २६ रनको विशाल अन्तरले पराजित गर्दै सुनसरी फाइनल पुगेको हो ।
लिग कम नकाउट आधारमा खेलाइएको प्रतियोगितामा सुनसरीले समुह चरणको दुवै खेल जितेको छ । सुनसरीले बुधबारको पहिलो खेलमा काठकाण्डौं जिल्ला क्रिकेट संघलाई पनि हराएको थियो । खेलमा नक्सालले टस जितेर वलिङ रोजेपछि सुनसरी ब्याटिङ गर्न मैदानमा उत्रिएको थियो । सुनसरीले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ६० रनको विशाल योगफल बनाएको थियो । सुनसरीको लागि कृष्ण धामीले सर्वाधिक ४६ रन बनाए भने मोहम्मद सविरले ३२ रन जोडे । यस्तै, प्रदिप जयसवालले ७, रुपेश चौधरीले २, सइद अन्सारीले ४ र निरज श्रेष्ठले २ रन जोडे । नटआउट खेल्दै सन्तोष झाले ४ र विवेकचन्द्र राईले १ रनको योगदान दिए । वलिङतर्फ नक्सालका युजर भटराईले ३, ध्रुव कँुवरले २ विकेट लिएका थिए भने सन्तोष नेपाल, प्रशान्त सुवेदी र अमित तामाङले एक÷एक विकेट लिए । खेलको म्यान अफ दि म्याच सुनसरीका मोहम्मद सविर भए ।

बिहिबार नै भएको अर्को खेलमा मोरङ बाहिरा क्रिकेट संघले ३ विकेटले रुपन्देही बहिरा क्रिकेट संघलाई पराजित गर्यो । टस जितेर पहिला ब्याटिङ रोजेको रुपन्देहीले १७.२ ओभरमा अलआउट हुदै ७३ रन बनाएको थियो । रुपन्देहीको लागि सन्तोष पौडेलले २० रन जोडे भने जितेन्द्र मुखियाले १२ रन जोडे । अन्य सबै खेलाडीहरुले टिमको लागि दोहोरो अंक जोड्न नसकि पेभिलियन फर्किएका थिए । मोरङका ललन चौधरीले ४ विकेट लिए भने नन्दन यादवले २, मनोज राय र वैजनाथ चौधरीले पनि एक एक विकेट लिएर रुपन्देहीलाई ७३ रनमा नै सिमित पारे ।
जवाफमा ७४ रनको विजयी लक्ष्य लिएर ब्याटिङमा उत्रिएको मोरङले १६ ओभरमा ७ विकेटको क्षतिमा पुरा गरेको थियो । मोरङको लागि नन्दन यादवले १३ रन, मनोज राय र ललन चौधरीले १०–१० रनको योगदान दिएका थिए भने सुबोध थापाले ४, रञ्जन निरौलाले ७, नटआउट रहदै दिपेन्द्र मण्डलले ४ र दिपेन्द्र चौधरीले १ रनको योगदान दिए । रुपेन्देहीका सन्तोष पौडेल र राजेन्द्र यादवले २–२ विकेट लिए भने जयन्त तिवारी र होमबहादुर खड्काले एक एक विकेट लिए । सो खेलको म्यान अफ दि म्याच ललन चौधरी भएका थिए ।




















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे