बुढासुब्बा गोल्डकपको प्रर्वद्धन गर्न बिहिबारदेखि मिडिया कप
धरान,चैत ६ । १६ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकपको प्रर्वद्धन गर्न आयोजित प्रथम मिडिया कप २०७० आज(बिहिबार)देखि हुदैछ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १ नम्बर मैदानमा सञ्चालन हुने प्रतियोगितामा आज(बिहिबार)प्रिन्ट मिडिया फुटबल टिम, धरान सुनसरी र टेलिभिजन फुटबल टिम, सुनसरीबीच उद्घाटन खेल हुनेछ । बुढासुब्बा रेडबुल गोल्डकपको प्रचार एवं प्रर्वद्धन गर्ने उद्देश्यले आयोजक धरान फुटबल क्लबले यो बर्षदेखि मिडिया कपको पनि शुरुवात गरेको हो । बुढासुब्बा गोल्डकपको १६ औं सँस्करण मिडियामा समर्पित भन्ने नारा दिइएकोले पनि मिडिया कप आयोजना गरेको आयोजक क्लबको भनाई छ । प्रतियोगिता चैत ६ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ ।

मिडिया कपको विजेता टिमलाई नगद १० हजारसहित ट्रफी र उपविजेता टिमलाई नगद ७ हजार दिइने आयोजक क्लबले जनाएको छ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी, हाइ स्कोरर, उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक र फरवर्डलाई पनि व्यक्तिगत पुरस्कार दिइने क्लबका अध्यक्ष किसोर राईले जानकारी दिए । बुढासुब्बा गोल्डकपलाई सफलता दिलाउन मिडियाको महत्वपुर्ण भुमिका खेलेकोले सम्मान व्यक्त गर्न मिडिया कप आयोजना गरेको अध्यक्ष राईको भनाई छ । बुढासुब्बा गोल्डकपको आगामी सँस्करणहरुमा पनि प्रर्वद्धन गर्न मिडिया कपलाई निरन्तरता दिइने क्लबको भनाई छ ।
Comments
Post a Comment