फिटनेश फ्याक्ट्रीका तोर्ण भए मिस्टर पूर्वाञ्चल(फोटो फिचर)


धरान । फिटनेश फ्याक्ट्री धरानका तोर्णबहादुर भुजेलले पाँचौं मिस्टर पूर्वाञ्चलको उपाधि जितेका छन् । धरान ८ स्थित सभागृहमा शनिबार सम्पन्न खुल्ला क्षेत्रीय शारीरिक सुगठन प्रतियोगितामा च्याम्पियन हुदै भुजेलले उपाधि जितेका हुन् । प्रतियोगितामा ७० केजी तौल समुहमा प्रथम हुदै उनी उपाधिको लागि ओभरअल राउण्डमा भिडेका थिए । ओभरअल राउण्डमा अन्य ३ तौल समुहका गरि चार जना खेलाडी थिए ।
धरान ११ का स्थायी बासिन्दा रहेका ३० बर्षीय भुजेलको यो दोस्रो उपाधि हो । उनले महिना दिन अघि मात्रै मिस्टर नेपालको उपाधि पनि जितेका थिए । फागुन ९ र १० गते लुम्बिनी च्याम्पियनसिपअन्र्तगत शारीरिक सुगठनमा ८० केजी तौल समुहमा स्वर्ण पदक जित्दै उनी मिस्टर नेपाल भएका थिए । च्याम्पियन भुजेलले नगद ४० हजारसहित ट्रफी थापे भने उनलाई आयोजकले जोगर मेशिन पनि प्रदान गरेको थियो । अबको लक्ष्य हङहङमा हुन लागेको एसियन च्याम्पियनसिपमा भाग लिनु भएको उनले बताए । यसको लागि उनी जुन महिनामा हङकङ जानेछन् ।

प्रतियोगितामा दुई पटकका मिस्टर पूर्वाञ्चल घोषित वेसिक जिम हल उर्लाबारीका विकास धिमाल दोस्रो भए भने फिटनेश फ्याक्ट्री धरानका उत्तम खत्री तेस्रो र सेन्च्युरी जिम हल, झापाका सुरेश राजवंशी चौथो भएका थिए । दोस्रो, तेस्रो र चौथो भएका खेलाडीहरुले क्रमशः नगद २० हजार, १५ हजार र १० हजार हात पारे । प्रतियोगिताका विजेता खेलाडीहरुलाई आयोजक एलाइनेट जिम हलका अध्यक्ष बिक्रम लिम्बू, प्रमुख अतिथि एवं कोशी अञ्चल प्रहरी कार्यालयका प्रमुख(एसएसपी) यादवराज खनाल, कांग्रेस नगर सभापति किसोर राई, एमाले नगर अध्यक्ष तारा सुब्बा, एमाओवादी नगर अध्यक्ष चोत्लुङलगायत अतिथिहरुले ट्रफी तथा पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी र ७० केजी गरि ४ वटा तौल समुहमा मात्रै स्पर्धा भएको थियो । शुक्रबार भएको प्रि–जजिङ राउण्डमा ३० जना खेलाडी सहभागी भएको आयोजक एलाइनेट जिमले जनाएको छ । ती मध्ये प्रत्येक तौल समुहबाट ५ जना गरी फाइनलमा शनिबार २० जना खेलाडी भिडेका थिए । फाइनलमा प्रत्येक तौल समुहबा प्रथम खेलाडीले मात्रै उपाधिको लागि ओभरअल राउण्डमा भिड्ने अवसर पाएको थियो ।

                                (०७० चैत २ गतेको नागरिक दैनिकमा प्रकाशित)























Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे