विश्रान्तीका वृद्धवृद्धालाई खाद्यान्न सहयोग


धरान । भारतको दार्जिलिङबाट छोरालाई भेटन् आएका वृद्ध दम्पत्तिले धनकुटाको मुलघाटस्थित विश्रान्ती मन्दिर तथा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । धरानका सञ्चारकर्मी विनय प्रधानका ८७ बर्षीय बुबा नरबहादुर प्रधान र आमा हेमाकुमारीले बिहिबार वृद्धाश्रममा पुगेर सहयोग गरेका हुन् ।
प्रधान दम्पत्तिले आफ्नो ८७ औं जन्मोत्सवको अवसर पारेर सहयोग गरेको जनाएका छन् । आश्रमका वृद्धवृद्धाहरुको लागि चामल, आलु, चिउरा, मुरई, चिनी, तेल, नुन र बिस्कुट वितरण गरेको हो । प्रधान दम्पत्तिले वृद्धाश्रमका अध्यक्ष कृष्णप्रसाद वस्तीलाई खाद्यान्न हस्तान्तरण गरेका थिए । घरपरिवारबाट उपेक्षित वृद्धावृद्धाहरुलाई आफन्तको माया, ममताको आभास होस भनेर सहयोग गरेको नरबहादुरले बताए । ‘अरुले पनि वृद्धवृद्धाहरुलाई माया गरुन् भन्ने भावना जागोस भनेर पनि सहयोग गरेका हौं’–उनले भने । प्रधान दम्पत्तिका छोरा एवं सञ्चारकर्मी विनय प्रधानले २ बर्षअघिदेखि नै आमा बुबाको हातबाट वृद्धवृद्धाहरुलाई सहयोग गर्ने सोच बनाएको र आमाबुबा धरान आएको बेला आश्रमबारे जानकारी गराउदा उत्साहित भएर सहयोग गर्न पुगेको बताए ।
आश्रममा विभिन्न जिल्लाबाट आएका ३५ जना वृद्धावृद्धाहरु आश्रित रहेका छन् । त्यहाँ १४ जना वृद्ध र २१ जना वृद्धा रहेको आश्रमका हेरालु वलबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार विभिन्न जिल्लाबाट छोराबुहारीले घर निकाला गरेका, कोही श्रीमान्ले सौता ल्याएपछि अपेहेलित भएर घर छोडेका र कोही आश्रममा मृत्यु होस भनेर कामना गरेर आएकाहरु छन् ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे