धरान एकेडेमीका खेलाडी बि डिभिजन क्लबमा अनुबन्धित


धरान । कुनै पनि खेलाडीको सपना हुन्छ, लिग फुटवल खेल्ने । तर, जो कोही खेलाडी क्लबको आँखामा पर्न सक्दैनन् । यस मानेमा धरानका केही युवा खेलाडी भाग्यमानी सावित भएका छन् ।
धरान फुटवल क्लबले सञ्चालन गरेको एकेडेमीमा डेढ बर्षदेखि प्रशिक्षणरत खेलाडीहरुमध्ये ६ जना युवा खेलाडीहरु बि डिभिजन लिगको लागि राजधानीको क्लबमा आवद्ध भएका छन् । क्लबको पहलमा उनीहरु राजधानीको च्यासल युथ क्लब र ब्रिगेड ब्याइज क्लबमा आवद्ध भएका हुन् । उनीहरु बि डिभिजन लिगअवधिभरको लागि अनुबन्धित भएको क्बलले जनाएको छ । राजधानीमा बि डिभिजन लिग यही फागुन २० गतेदेखि शुरु हुदैछ ।
क्लबले जनाएअनुसार च्यासल युथमा धिरेन लिम्बू, सौजन राई, प्रशासन्त बुढाथोकी र रञ्जित भुजेल आवद्ध भएका छन् । यस्तै, ब्रिगेड ब्वाइजमा रमेश मगर र दिवस राई अनुबन्धित भएका हुन् । यी खेलाडीहरुको उमेर १८ देखि २० बर्षसम्म छ । ब्रिगेड ब्वाइज भर्खरै सकिएको ए डिभिजन लिगमा रेलिगेशनमा परेर घटुवामा परेको क्लब हो । ‘मोसफलका युवा खेलाडीहरुको लागि यो ठुलो अवसर र उपलब्धी हो’–क्लबका अध्यक्ष एवं एन्फा केन्द्रीय उपाध्यक्ष किसोर राईले भने–‘बि डिभिजन लिग नै भएपनि उनीहरुले आफ्नो प्रतिभा, क्षमता देखाउने अवसर पाउछन् र त्यहीबाट उनीहरु राष्ट्रिय लिग खेल्ने ए डिभिजन क्लबको आँखामा पर्नसक्छन् ।’


क्लबले अनुवन्धित खेलाडीहरुको सम्झौता रकम नखुलाए पनि ७० प्रतिशत क्लबले राख्नेछ भने ३० प्रतिशत रकम खेलाडीलाई दिनेछ । धरान फुटबल क्लबले एकेडेमीको शुरुवातमा नै खेलाडीहरुसँग यही सम्झौता गरेको थियो । क्लबले धरानका दुई दर्जन खेलाडीहरुलाई अध्ययन छात्रवृत्तिसहित एकेडेमीको लागि छनौट गरेको थियो । क्षमतावान् व्यावसायिक खेलाडी उत्पादन गर्ने र राजधानीको क्लबमा बिक्री गर्ने लक्ष्य लिएर क्लबले दुई बर्षको लागि उनीहरुलाई एकेडेमीमा राखेको थियो । बि डिभिजनमा आवद्ध भएपनि यी खेलाडीहरु बुढासुब्बा गोल्डकप र पोखराको आहा गोल्डकप भने धरान फुटबल क्लबबाट खेल्नेछन् ।
बी डिभिजन लिगमा आवद्ध हुन पाउदा युवा खेलाडीहरु पनि दंग छन् । बि डिभिजन लिगमा सक्दो मेहनत गरेर खेल्ने खेलाडीहरुको भनाई छ । ‘बि डिभिजन लिग भएपनि खेल्न पाउने कुराले ज्यादै खुशी छौं, यो हाम्रो लागि ठुलो अवसर हो’–च्यासलको लागि अनुबन्धित २० बर्षीय धिरेन लिम्बूले भने–‘मेहनत गछौं, र आफ्नो गेम देखाउछौं ।’ अनुबन्धित खेलाडीहरुलाई आइतबार एक समारोहबीच क्बलले विदाई गरेको थियो ।
......................

              खेलाडीहरुलाई जर्सी वितरण



धरानका व्यावसायी एवं मेहर्स कलेक्सनका प्रोपाइटर मेहरलाल श्रेष्ठले धरान फुटबल क्लबका खेलाडीहरुलाई फुटबल जर्सी सहयोग गरेका छन् । आइतबार क्लबमा आयोजित एक कार्यक्रममा श्रेष्ठले क्लबलाई २० थान जर्सी हस्तान्रतण गरेका थिए । खेलप्रेमी युवा व्यावसायीको छवि बनाएका श्रेष्ठले यसअघि पनि फुटबल क्बललाई सहयोग गर्दै आइरहेका छन् ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे