इलाम जाने टेवलटेनिसका खेलाडीलाई विदाई


धरान,चैत ५ । पूर्वाञ्चल क्षेत्रीय टेबलटेनिस प्रतियोगितामा सुनसरी जिल्लाको प्रतिनिधित्व गर्दै सहभागी हुने खेलाडीहरुलाई मंगलबार विदाई गरिएको छ । सुनसरी जिल्ला खेलकुद विकास समिति एवं जिल्ला टेवलटेनिस संघले एक कार्यक्रम आयोजना गरी खलाडी तथा प्रशिक्षक, व्यावस्थापकलाई विदाई गरेको हो ।
क्षेत्रीय प्रतियोगितामा सहभागी खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र चोङवाङ, टेवलटेनिसका वरिष्ठ प्रशिक्षक विनोद शाक्य, खेलकुद विकास समितिका सचिव कुमार पोख्रेल तथा विभिन्न संघका अध्यक्षहरुले अबिर लगाएर विदाई गरेका थिए । विदाई समारोहमा खेलाडी, प्रशिक्षक एवं व्यावस्थापकलाई ट्रयाक सुट पनि वितरण गरिएको थियो ।

प्रतियोगितामा सहभागी हुन जाने खेलाडीलाई जितको शुभकामना व्यक्त गर्दै खेलकुद विकास समिति अध्यक्ष चोङवाङले जिल्लाको नाम राखेर आउने अपेक्षा जनाए । ‘तपाईहरु जिल्लाकै प्रतिनिधित्व गरेर जादैहुनुहुन्छ, राम्रो नतिजा ल्याएर जिल्लाको नाम राख्नुस’–अध्यक्ष चोङवाङले भने । राष्ट्रिय खेलकुद परिषदको निर्देशन अनुसार बार्षिक खेलकुद गतिविधिअन्र्तगत टेबलटेनिस प्रतियोगिता आयोजना गरेर छनौट हुन सफल खेलाडीहरु क्षेत्रीय प्रतियोगितामा भाग लिने अवसर पाएको उनले खुलाए ।
क्षेत्रीय प्रतियोगिता चैत ६ देखि ८ गतेसम्म इलाम जिल्लामा आयोजना हुदैछ । उक्त प्रतियोगितामा जिल्लाबाट छनौट भएका ९ जना खेलाडी, एक प्रशिक्षक र व्यावस्थापक इलाम प्रस्थान गर्ने संघले जनाएको छ । प्रतियोगितामा सहभागी हुन मेन्स सिंगलतर्फ सुबोध लिम्बू, मनोज लामा र गणेश लामा सहभागी हुदैछन् भने ब्वाइजतर्फ महावीर चौधरी र रिजन श्रेष्ठ सहभागी हुने संघले जनाएको छ । यस्तै, महिला सिंगलतर्फ रुपा लिम्बू र अपेक्षा शाक्य छिन् भने गल्र्सतर्फ गीता भुजेल र दिक्षा दाहाल छिन् ।
टेबलटेनिसका वरिष्ठ प्रशिक्षक विनोद शाक्यका अनुसार फागुन अन्तिम साता जिल्लास्तरीय छनौट प्रतियोगिता गरेर क्षेत्रीय प्रतियोगिताको लागि खेलाडी छनौट गरिएको थियो । ती खेलाडीहरुलाई एक साताको वन्द प्रशिक्षण पनि दिलाएको उनले बताए ।













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे