चुम्लुङ होटलकी सञ्चालिका कारागार चलान



धरान । होटलमा बन्धक बनाएर युवतीलाई जर्बजस्ती देहव्यापारमा संलग्न गराएको आरोपमा पक्राउ परेकी न्यु चुम्लुङ होटल एण्ड लजकी सञ्चालिका पुर्पक्षको लागि जेल चलान भएकी छिन् ।
धरान ७ स्थित उक्त होटलकी सञ्चालिका दिलकुमारी वनेम सुब्बालाई जिल्ला अदालत सुनसरीले बिहिबार पुर्पुक्षको लागि थुनामा राख्ने आदेश दिएको हो । उनी बिहिबार नै विराटनगरस्थित कारागार चलान भइसकेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । आरोपित वनेम गत असार १७ गते पक्राउ परेका थिए । उनीविरुद्ध एक युवतीले बन्धक बनाएर जर्बजस्ती यौन कार्यमा लगाएको प्रहरीमा जाहेरी दिएकी थिइन् । न्यायाधिश नारायणप्रसाद पराजुलीको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार विष्णु गिरीले जानकारी दिए ।
धरानको भानुचौकस्थित वडा प्रहरी कार्यालय नजिकै रहेको होटलमा लामो समयदेखि यौनजन्य क्रियाकलाप भइरहे पनि कारबाही तथा नियन्त्रण भएको थिएन । पीडित युवतीले जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेर मानव बेचविखन ऐन अन्र्तगत मुद्दा दर्ता गरेको थियो । स्थानीयले पनि अवैधरुपमा यौनधन्दा चलाएर समाजमा विकृति फैलाएको भन्दै स्थानीयले आवाज उठाउदै आएका थिए । ‘अदालतबाट पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएकोले कारागार चलान भइरकेको छ, मुद्दाको फैसला हुन भने बाँकी नै छ’–डिएसपी सञ्जयसिंह थापाले भने ।
धरानमा यौनजन्य क्रियाकलाप बढेको जनगुनासो बढेपछि गएको महिना प्रहरीले धरानका शंकास्पद होटलहरुमा निगरानी बढाएसँगै छापा मारेको थियो । त्यसक्रममा प्रहरीले यौनजन्य एवं शंकास्पद गतिविधिमा संलग्न भएको अरोपमा दुई दर्जन बढीलाई पक्राउ गरेको थियो । ती मध्ये १७ जना युवतीहरु अझै पनि प्रहरी हिरासतमा नै छन् । सावर्जनिक अपराधको मुद्दा चलाएको उनीहरुलाई प्रहरीले यौनजन्य पेशाको विकल्पमा विभिन्न आयमुलक सिप सिकाएर घरमा पुर्नस्थापना गराउन माइती नेपालसँग समन्वय गरेर पहल गरिरहेको जनाएको छ । ‘कतिपय युवतीहरु विदेश जाने सोच रहेछ, सबैको इच्छा बुझ्ने काम भइरहेको छ । चाहनेहरुलाई बुटिक, सिलाई कटाई तालिम दिलाउछौं’–डिएसपी थापाले भने ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे