जनजाति महिलाहरुलाई क्षमता अभिवृद्धि र सीपमुलक तालिम


धरान । आदिबासी जनाजति महिलाहरुको क्षमता अभिवृद्धि गर्न तथा आत्मनिर्भर बनाउने उद्देश्यले धरानमा पाँच दिने महिला अधिकार एवं सीपमुलक तालिम शुरु भएको छ । राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ नगर समन्वय परिषदको आयोजनामा धरान १४ बहुजातीय संग्रहालयको सामुदायिक भवनमा तालिम शुरु भएको हो ।
बिहिबारदेखि शुरु तालिममा महिलाहरुलाई सिपमुलक तालिमतर्फ मासुको अचार बनाउने र च्याउ खेती गर्ने तालिम दिइनेछ भने महिला अधिकारतर्फ संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद प्रस्तावना १३२५, १८२० र महिला हिंसाविरुद्ध अन्र्तराष्ट्रिय महासन्धीबारे पनि अभिमुखीकरण गराइने आयोजकले जनाएको छ । तालिममा नगर समन्वय परिषदमा आवद्ध विभिन्न १३ वटा जातीय संघसंस्थाहरुबाट २–२ जना प्रतिनिधि र आयोजक समितिका पदाधिकारीहरु पनि सहभागी छन् ।

पहिलो दिन सहभागीहरुलाई एकल महिला समुह, इटहरीकी प्रशिक्षक कमला सुब्बाले अचार बनाउने तालिम दिएको आयोजकले जनाएको छ । यस्तै, आदिबासी जनजाति महासंघ संघीय परिषद सदस्य लहरु जिमी, आदिबासी जनजाति महिला महासंघ सुनसरीकी अध्यक्ष कल्पना शेर्पा र अधिकारकर्मी सविता राईले सुरक्षा परिषद प्रस्तावना, अन्र्तराष्ट्रिय महासन्धीबारे बिहिबार र शुक्रबार प्रशिक्षण दिएका थिए । असार २३ गतेसम्म हुने तालिममा शनिबार र आइतबार प्रतिवेदन तथा प्रस्ताव लेखन तालिम हुनेछ भने महिलाहरुलाई च्याउ खेतीको पनि तालिम दिइने आयोजक समितिका अध्यक्ष रमला तामाङले जानकारी दिइन् ।

महिलाहरुलाई राजनीतिक, साँस्कृतिक, सामाजिकरुपमा मात्रै सशक्तीकरण गरेर अधिकार सुरक्षित नहुने र आर्थिकरुपमा पनि अत्मनिर्भर बनाउनुपर्ने आवश्यक भएकाले मासुको अचार बनाउने, च्याउ खेती गर्नेलगायत सीपमुलक तालिम दिइएको महिला महासंघ जिल्ला समन्वय परिषदकी अध्यक्ष कल्पना शेर्पाले बताइन् । ‘महिला हकअधिकारबारे मात्रै होइन, आर्थिकरुपमा सशक्तीकरण गर्न सिपमुलक तालिम दिइएको हो, उहाँहरुलाई व्यावसाय गरेर आय आर्जन गर्न सक्ने बनाउने उद्देश्य हो’–उनले भनिन् ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे