धरान साहित्य महोत्सव शुरु(फोटोफिचर)

धरान । द्धिशतबार्षिकी भानु जयन्तीको अवसर पारेर तीन दिवसीय धरान साहित्य महोत्सव ०७१ शुरु भएको छ । महोत्सवको उद्घाटन अवसरमा शनिबार धरानमा विभिन्न साहित्यिक कार्यक्रमहरु सम्पन्न भएको छ । साहित्यिक गतिविधिहरु सोमबारसम्म जारी रहनेछ ।
सदन सभाभवनमा आयोजित एक समारोहबीच वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले महोत्सवको उद्घाटन गरेका थिए । त्यसअघि, पञ्चे बाजा र विभिन्न जातजातिको झाँकीसहित साहित्यकार एवं साहित्य अनुरागीहरुले र्याली निकालेका थिए । र्यालीको क्रममा भानुचोकस्थित आदिकवि भानुभक्त आचार्यको प्रतिमामा साहितयकारहरुले माल्र्यापण गरेका थिए । साथै, तीनकुनेस्थित किरात लिपीको प्रर्वतक सिरीजंगाको सालिकमा पनि माल्र्यापण गरिएको थियो । उद्घाटन समारोहमा नेपाली भाषाका आदिकवि भानुभक्तसँगै मैथिली भाषाका आदिकवि विद्यापति, नेवारी भाषाका अदिकवि सिद्धि दास, किरात लिपीका प्रर्वतक सिरिजंगाको तस्विरमा पनि माल्र्याण गरिएको थियो ।
महोत्सव उद्घाटन समारोहमा साहित्य सेवामा जीवन सर्मपण गरेका विमल स्मृति पुस्तकालयका संस्थापक एवं स्वर्गीय कवि विमल गुरुङका पिता पुर्णबहादुर गुरुङलाई अभिनन्दन पनि गरिएको थियो । उनलाई महोत्सव आयोजक मुल समितिका संयोजक प्रा.डा.टंक न्यौपाने र प्रमुख अतिथि प्रश्रितले दोसल्ला ओढाउनुका साथै ताम्रपत्र प्रदान गरेर बिशेष अभिनन्दन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै साहित्यकार प्रश्रितले धरान साँस्कृति, बुहजातिय र साहित्यमा सधै जागरुक क्षेत्र रहेको बताए । साथै उनले सदियौंदेखि नै भाषा, सँस्कृतिमा समिश्रण पनि हुदै आएको उल्लेख गरे ।

भारतबाट आएका साहित्यकार विष्णु शास्त्रीले आदिकवि दिवस मनाउन राज्यबाट नै आवश्यक व्यवस्था हुनुपर्ने उल्लेख गरे । नागरिक अनुगमन तथा सरोकार मञ्चका संयोजक तिलक राईले धेरै श्रष्टाहरुलाई अघि ल्याउन बाँकी रहेको उल्लेख गर्दै राज्य र स्थानीय निकायले श्रष्टाहरुलाई अवसर र ठाउँ दिनुपर्ने बताए । उद्घाटन समारोहमा भारत आसामका कार्वी लोकगायक हार्सिङ तेरङले लोकगीत गाएका थिए भने कवियित्री कुन्ता शर्माले चर्चित कविता पोथी बास्नु हुदैन सुनाएकी थिइन । यस्तै, गायक सुरेश गन्र्धवले सारङ्गीको धुनसँगै आफ्नो चर्चित गीत रिन्केबुङ्गको चुलेसीले बोलको गीत गाएका थिए । महोत्सवमा प्रसिद्ध गीतकार राजेन्द्र थापा, वरिष्ठ कवि अनिल पौडेल, असम साहित्य सभाका उपसभाति रण काफ्ले, असम नेपाली साहित्य सभाका सचिव बुद्धि सुवेदीलगायतको उपस्थिति थियो ।


उद्घाटन समारोह सकिएपछि सदन उच्चमाविको मैदानमा किनाराका स्वरहरु नाटक मञ्चन गरेका थिए । त्यसपछि, अभिनन्दित व्यक्तित्व गुरुङलाई गाडीमा राखेर नगर परिक्रमा गर्दै बुद्धचोक पुर्याइएको थियो । त्यहा वडा एवं स्थानीयबासीहरुले पनि उनलाई भव्यरुपमा नागरिक अभिनन्दन गरिएको थियो । त्यहाँ पनि सडक कविता वाचन, नाटक प्रर्दशनीलगायत कार्यक्रमहरु भएको थियो । आइतबार र सोमबार धरान १० स्थित सैनिक भवनमा कविता वाचन, कृति समिक्षा एवं विचार विमर्शलगायत कार्यक्रम हुने आयोजक समितिले जनाएको छ । आइतबार गीतकार राजेन्द्र थापाको एकल गीत तथा मुक्तक वाचन, साहित्यकार निलम कार्की निहारिकाको पुस्तक अर्की आइमाईबारे विमर्श, नेपाल बाहिर नेपाली साहित्यको गतिविधि बिषयक विचार गोष्ठी हुनेछ भने श्रष्टा सम्मान पनि हुनेछ । यस्तै, सोमबार सडक कविता वचनअन्र्तगत भानुचोक, छाताचोक हुदै धरान १४ स्थित विजयपुर चोकमा कविता वाचन हुनेछ भने सडक नाटक प्रर्दशन पनि ठाउँ ठाउँमा हुने आयोजक समितिका सदस्य एवं वाङमय समाजका अध्यक्ष रमेश घिमिरले जानकारी दिए ।
                  ....................
                         

                              पुस्तक प्रर्दशनी



तीन दिने साहित्य महोत्सवको अवसरमा धरानको भानुचौकमा पुस्तक प्रर्दशनी शुरु भएको छ । भिगोरस नेपालले व्यवस्थापन गरेको प्रर्दशनीमा विभिन्न प्रकाशन गृहबाट प्रकाशित चर्चित लेखकहरुको पुस्तक भारी छुटका साथ प्रर्दशनमा राखिएको छ । काठमाण्डौंस्थित यम्बुरी बुक प्वाइन्टले एक दर्जन प्रकाशन गृहले प्रकाशन गरेका चर्चित लेखकका पुस्तकहरु ल्याएर प्रर्दशनीमा राखेको छ । तीन दिनअवधिभर पाठक एवं ग्राहकहरुलाई २० देखि ३० प्रतिशतसम्म छुट दिइने यम्बुरीका संस्थापक बुयाङ लामाले बताए ।


उनका अनुसार फाइन प्रिन्ट, सांग्रिला, फिनिक्स, शब्दाहार क्रिएशन, नेपालय, रत्नलगायत बाह्र वटा प्रकाशन गृहबाट प्रकाशित चर्चित एवं सबैभन्दा पछिल्लो पुस्तकहरु प्रर्दशनीमा राखिएको छ । ग्राहकहरुले सय वटा विभिन्न शिर्षकका पुस्तकहरु एकै ठाउँमा सहुलियत मुल्यमा पाउने लामाले जानकारी दिए । यम्बुरीबाहेक धरानकै न्यु मनोकामना बुक्सले पनि पुस्तक प्रदर्शनीमा राखेका छन् । मनोकामनाका सञ्चालक राजन बस्नेतका अनुसार ग्राहकहरुलाई तीन दिनसम्म २० प्रतिशतसम्म छुट दिइनेछ ।
पुस्तक प्रर्दशनीस्थलमा एकै ठाउमा लेटेष्ट एवं चर्चित पुस्तकहरु खरीद गर्न पाउनु पाठकहरुको लागि दशैं झै हुने युवा कवि हेमन यात्री बताउछन् । ‘यति धेरै प्रकाशन गृहको यतिका पुस्तक एकै ठाउमा पाउनु अवसर हो, यसलाई सदुपयोग गर्नुपर्छ’–कवि यात्रीले भने ।














Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे