सेफ्टीटंकी विना नै धरान रंगशालामा शौचालय बन्दै

धरान रंगशालामा निर्माणाधिन भिआइपी प्याराफिटको अनुगमन गर्दै खेलकुद मन्त्रालयका प्रतिनिधि र धरानका खेलकुदकर्मीहरु ।

धरान । सेफ्टीटंकी विनाको ट्वाइलेट भए सर्वसाधारण जनताको घरनक्सा पास नै हुदैन । त्यसरी बनेको ट्वाइलेटबाट निस्कन दुर्गन्धले मानव स्वास्थ्यमा पनि गम्भीर असर पर्छ । तर, धरान रंगशालामा राज्यको लगानीमा निर्माण भइरहेको संरचनामा भने सेफ्टीटंकी विनाको ट्वाइलेट बन्न लागेको खुलासा भएको हो ।
युवा तथा खेलकुद मन्त्रालयबाट आएको एक टोलीले सोमबार निर्माणाधिन प्याराफिटको अनुगमनको क्रममा नक्सामा प्राविधिक त्रुटी फेला पारेको हो । धरान १६ स्थित रंगशालामा करिब ढेड करोड लगातमा निर्माण भइरहेको भिआइपी प्याराफिटको नक्सामा तीन वटा ट्वाइलेट र एउटा बाथरुम छ । तर, ती ट्वाइलेट र बाथरुमको फोहोर पानीको निकास कहाँ हुने ? सरकारी प्राविधिक र ठेकेदार कम्पनीका प्रतिनिधि नै जवाफविहिन छन् । यहाँ राष्ट्रिय खेलकुद परिषदले केन्द्रबाट नै ठेक्कामा काम गराइरहेको छ ।
मन्त्रालयबाट उपसचिव केशवराज त्रिपाठी र शाखा अधिकृत गोविन्दप्रसाद पराजुली पूर्वाञ्चल विकास क्षेत्रमा निर्माण भइरहेको खेलकुद संरचनाहरुको अनुगमनकोक्रममा धरान आइपुगेका थिए । उनीहरुले सेफ्टी टंकीविना कसरी ट्वाइलेट बन्छ ? भन्ने प्रश्न गर्दा परिषदका इञ्जिनियर एवं साइड इञ्चार्ज पुर्ण सुन्दास नाजवाफ भएका थिए । ‘नक्सा पास भएपनि सम्झौता र काम गर्नुअघि नक्सामा फल्ट छ भनेर किन भन्नु भएन ? कार्यान्वयन गर्नुअघि सच्याउनु पर्ने होइन ?’–मन्त्रालयका शाखा अधिकृत पराजुलीले असन्तुष्टी व्यक्त गर्दै भने–‘ट्वाइलेट र बाथरुमको दिसा, पिसाब र पानी कहाँ जान्छ ?’ अनुगमन टोलीले तत्काल लिखितरुपमा परिषदलाई जानकारी गराउन र सेफ्टी टंकीको व्यवस्था गर्न प्राविधिकलाई निर्देशन पनि दिएका थिए ।
परिषदका साइड इञ्चार्ज सुन्दासले भने भिआइपी प्याराफिटको नक्सामा नै सेफ्टी टंकी नभएको बताए । यसबारेमा परिषदमा जानकारी गराइसकेको र काम गराउदै गर्नुभन्ने निर्देशन भएको पनि उनले बताए । ‘सेफ्टी टंकी छुटेको छ भनेर जानकारी गराएका थियौं, अब लिखितरुपमा स्टिमेट गरेर बुझाउछौं’–सुन्दासले भने । निर्माण ठेकेदार कम्पनीका साइट इञ्चार्ज बैकुण्ठ भण्डारी पनि भिआइपी प्याराफिटमा सेफ्टीटंकी नभएकोमा अचम्म व्यक्त गर्छन् । नगरपालिकाका इञ्जिनियर राजु पोख्रेल भने ट्वाइलेट, बाथरुमसहितको भौतिक संरचनामा सेफ्टीटंकी अनिवार्यरुपमा हुनैपर्ने बताए । ‘जनस्वास्थ्यमा असर पुग्छ, त्यसैले सेफ्टीटंकी विना ट्वाइलेट बनाउन पाउदै पाउदैन’–पोख्रेलले भने । नागरिक सरोकार तथा अनुगमन समितिका संयोजक तिलक राईले करोडौंको संरचनाको नक्सा तयार गर्दा प्राविधिक त्रुटी रहनु दुःखद भएको बताए । ‘सरोकारवाला निकाय र जनतालाई थाहै नदिई बन्दैछ, त्यो पनि नक्सामा त्रुटी रहेछ, कसरी नक्सा पास भयो ? यसको व्यावास्थापन, संरक्षण गर्न भोली धराने जनतालाई धेरै समस्या आइलाग्छ’–उनले भने ।
एक करोड ४२ लाख रुपैयामा ठेक्का लागेको भिआइपी प्याराफिटमा माथिल्लो भागमा अतिथि बस्ने मञ्चसहित १२ सय दर्शक अट्ने क्षमताको संरचना बन्नेछ भने भुईतलामा बाथरुम, ट्वाइलेटसहिट रेफ्री रुम, वेटिङ रुम, चेञ्जिङ रुम, डाक्टर रुम, छलफल गर्ने कोठालगायत ७ वटा कोठा बन्नेछ । यसको ठेक्का अजम्बर शिवराम जेभीले पाएको छ ।
..............

                                                      सबैतिर समन्वय अभाव

राष्ट्रिय खेलकुद समितिले पूर्वाञ्चलको आधा दर्जन बढी जिल्लामा खेलकुदको भौतिक पूर्वाधार एवं संरचनाहरु निर्माण गरिरहेको छ । ती जिल्लामा निर्माणाधिन संरचनाबारे परिषद र सरोकारवाला तल्लो निकायबीच समन्वय अभाव मुख्य समस्याकोरुपमा देखिएको खेलकुद मन्त्रालयको अनुगमन टोलीले जनाएको छ । ‘तल्लो निकायसँग समन्वय हुनैपर्छ, के काम हुदैछ, कस्तो निर्णय भयो भनेर बोधार्थ जानकारी गराउनुपर्छ’–उपसचिव केशवराज त्रिपाठीले भने–‘तर, सबैतिर समन्वय अभाव देखियो ।’ कुनै पनि काम कार्यान्वयनको क्रममा रेखदेख, अनुगमन र रिपोर्टिङको जिम्मा तल्लो निकायलाई दिदा प्रभावकारी हुने उपसचिव त्रिपाठीको भनाई छ ।
टोलीलले भौतिक पूवर्धार निर्माण भइरहेको उदपयपुर, सप्तरी, सुनसरी, मोरङ, झापा, इलामलगायत जिल्लामा अनुगमन गर्नेछ । धरानको भिआइपी प्याराफिट असार मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने भएपनि काम नसकिने अवस्थामा पाइएको अनुगमन टोलीले जनाएको छ । अनुगमनमा आएको टोलीलाई जिल्ला खेलकुद विकास समिति र खेलकुदकर्मीहरुले सरोकारवाला निकायलाई औपचारिक जानकारी नदिएको र रेखदेख, अनुगमनको जिम्मा पनि नपाएको गुनासो गरेका थिए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे