ढोकाको आग्लोले हिर्काएर श्रीमतिको हत्या


धरानको इलाका प्रहरी कार्यालय । चक्र लिम्बूलाई यही हिरासतमा राखिएको छ । 
धरान । घरायसी विवादमा श्रीमतिको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । धरान १७, बीच घोपाका ३९ बर्षीय चक्र लिम्बूलाई आफ्नै श्रीमति ३० बर्षीय विमला लिम्बूको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
घरायसी झगडा हुँदा बिहिबार राती चक्रले श्रीमतिलाई ढोकामा लगाउने काठको आग्लो प्रहार गरेका थिए । टाउकोमा प्रहार भएपछि गम्भीर घाइते भएकी विमलालाई स्थानीय र प्रहरीले राती नै उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएको थियो । घटना बिहिबार राती करिब साढे ९ बजे तिरको हो । प्रतिष्ठानमा पुर्याएर उपचार शुरु भएको केही समय पछि नै विमलाको निधन भएपछि चक्रलाई राती नै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सञ्जयसिंह थापाले बताए । उनका अनुसार श्रीमानलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाइसकेको छ ।
चक्र लामो समय वैदेशिक रोजगारीमा बसेर गत पुषमा घर फिरेका थिए । विमला उनको दोस्रो श्रीमति थिइन् । विदेशमा रहदा पहिलो श्रीमति अर्कैसँग हिडेपछि चक्रले विमलासँग विवाह गरेका थिए । उनको पहिलो श्रीमतिकोतर्फबाट एक छोरी र कान्छीको तर्फबाट थप दुई छोरी जन्म भएको छ । वैदेशिक रोजगारीमा लामो समय विदेशमा बस्दा पहिलो श्रीमतिले छोडेर गएको र गत पुषमा घर फिरेपछि विमलासँग पनि झगडा भइरहने गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनार्इृछ । ‘लामो समय वैदेशिक रोजगारीमा रहदा पहिलो श्रीमतिले पनि छोडेको रहेछ, दोस्रो श्रीमतिसँग पनि खटपट भइरहेको रहेछ, त्यही कुरामा विवाद हुँदा घटना भएको हो’–डिएसपी थापाले भने ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे