पब्लिक उच्चमावि फुटबलमा च्याम्पियन


धरान । कोको–कोला अन्तर विद्यालय छात्र राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि पब्लिक उच्चमावि धरान १२ ले जितेको छ । धरान १८ स्थित डिपोट उच्चमाविको खेल मैदानमा आइतबार सम्पन्न फाइनलमा धरान १७ स्थित पञ्चकन्या माविलाई १–० को झिनो गोलअन्तरले हराउदै पब्लिले उपाधिमा कब्जा जमाएको हो । पब्लिकलाई च्याम्पियन बनाउन खेलमा विजय राईले निर्णायक गोल गरेका थिए । फाइनल खेलको म्यान अफ दि म्याच पनि घोषित हुदै विजयले ट्रफी र नगद ५ सय पनि हात पारे ।


विजेता टिमले च्याम्पियन ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो । विजेताले अब क्षेत्रीय छनौट प्रतियोगितामा भाग लिने अवसर पाएको छ । विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई आयोजक सुनसरी जिल्ला फुटबल संघका उपाध्यक्ष नविन राई, एन्फा केन्द्रीय द्धितिय उपाध्यक्ष किसोर राई, एन्फा सुनसरीका उपाध्यक्ष देवेन्द्र बस्तोला, प्याब्सन सुनसरीका अध्यक्ष नरबहादुर थापालगायतले पुरस्कार वितरण गरेका थिए । गएको शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा धरान क्षेत्रका ५ सरकारी र २ वटा निजी विद्यालयले भाग लिएको थियो ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे