पिण्डेश्वर बाबाधाममा बोलबम मेला शुरु(फोटोफिचर)


धरान । प्रत्येक वर्ष श्रावणमा धरानस्थित रुद्राक्षारण्यको श्रीपिण्डेश्वर बाबाधाममा लाग्ने बोलबम मेलामा यस वर्ष करिब २० हजार श्रद्धालुले जल चढाएका छन् । सुनसरीको चतरा स्थित सप्तकोसीबाट जल बोकेर पैदल ल्याइ श्री पिण्डेश्वरमा चढाउने परम्परा छ । यो वर्षको श्रावण मेलाको यो पहिलो सोमबार हो ।
श्रावणमा भारत बिहारको देवघर स्थित बैद्यनाथ मन्दिरमा मात्र बोलबम मेला जाने परम्पराको अन्त्य गर्दै २०४२ सालदेखि श्रीपिण्डेश्वरमा जल चढाउन बोलबम मेलाको सुरुवात गरिएको हो । यति बेला नेपालमा मुख्य शिवालयमा बोलबम मेला लाग्ने गरिए पनि सर्व प्रथम यही मन्दिरबाट बोलबम मेलाको सुरुवात गरिएको हो । गेरु वस्त्र लगाइ सप्तकोसीको पवित्र जल बोकेर खाली खुट्टा पैदल आएर यहा“ जल चढाउने कार्यलाई बोलबम भनिन्छ ।
श्रावण शिवजीको प्रिय महिना भएकोले श्रावण भरि यहा“ लगायत सम्पूर्ण शिवालयहरुमा शिवभक्तहरुको घुइचो लाग्ने गर्दछ । सोमबार शिवको बार भएकोले पनि श्रावणको सोमबार  शिवालयमा मेला लाग्ने गरेको हो । यस्तो मेला धरान लगायत श्रीपशुतिनाथ काठमाडौं, हलेसी महादेव खोटाङ, मधुगंगा सिन्धुली,देवघाटमा लाग्ने गर्दछ । श्रावणको सोमबार ब्रत बस्दै शिवजीलाई जल चढाए राम्रो श्रीमान् पाइने, श्रीमानसहित परिवारमा सुख समृद्धि हुने र मनोकामना पुरा हुने विश्वास गरिन्छ ।

श्रीपिण्डेश्वर अमृतको अंशवाट स्थापित भएकोले पनि यहा“ पवित्र जल चढाउदा अमृतको प्रभाव पाइने स्कन्ध पुराणमा उल्लेख भएको बताइन्छ । यस वर्षको पहिलो सोमबार बोलबम भक्तजनलाई उछिन्दै स्थानीय भक्तजनको भीड बढेको थियो । बोलम मेला भर्नकै लागि अर्चना बाबाका करिब पाच सय भक्तजनहरु ¥यालीसहित पिण्डेश्वर पुगेका थिए । जल चढाउन चितवन, हेटौडा, कैलाली, काठमाडौं लगायत मुलुकका विभिन्न स्थानबाट आएको उनीहरुले बताए । मेलामा यस पटक ५० हजार १ सय २२ रुपैया“ चन्दा सहयोग प्राप्त भएको समितिका कोषाध्यक्ष आनन्द अग्रवालले जानकारी दिएका छन् ।
मेलालाई अझ व्यापक बनाउन यस वर्ष समितिले पश्चिमाञ्चलमा समेत प्रचार प्रसार गरेको छ । मेलाका प्रचार प्रसार समितिका संयोजक वासुदेव बरालको नेतृत्वमा एक टोली सिन्धुली जिल्लासम्म प्रचार गर्न गएको थियो । टोलीले सिन्धुली, जनकपुर, लाहान, राजविराज, हनुमान नगर लगायत राजमार्गका प्रायः सबै स्थानमा पोष्टर, व्यानर, माइकिङ एवं स्थानीयसंग छलफल  गरेको बरालले जानकारी दिएका छन् ।














Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे