पञ्चकन्या र पब्लिक उच्चमावि फाइनलमा

धरान । कोको–कोला अन्तर विद्यालय छात्र राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पञ्चकन्या मावि र पब्लिक उच्चमाबि पुग्न सफल भएको छ । धरान १८ स्थित डिपोट उच्चमाविको खेल मैदानमा शनिबार सम्पन्न सेमीफाइनल खेलमा जित हात पार्दै दुवै टोली उपाधि नजिक पुगेको हो ।
प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा पञ्चकन्याले २–१ गोलअन्तरले माउण्ट हार्मोन एकेडेमीलाई हराउदै फाइनल यात्रा तय गर्यो । पञ्चकन्याको जितको लागि विकास बस्नेत र प्रेमकुमार राईले पहिलो हाफमा एक एक गोल गरेका थिए । दोस्रो हाफमा विशालचन्द्र राईले एक गोल गरेपनि माउण्ट हार्मोनको लागि सान्त्वनामात्रै भयो । खेलको म्यान अफ दि म्याच माउण्ट हार्मोनका विशालचन्द्र घोषित भए ।

यस्तै, दोस्रो सेमीफाइलन खेलमा पब्लिक उच्चमाविले ५–१ को फराकिलो अन्तरले धरान मोडेल स्कुललाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो । पब्लिकको जितको लागि पहिलो हाफमा आशिक राई र विजय राईले गोल गरेका थिए भने दोस्रो हाफमा दिवस लिम्बू र सन्तोष भुजेलले गोल गरे । एक गोल धरान मोडेलका खेलाडीले आत्मघाती गोल गरेर पब्लिकको गोलसंख्या ५ बनाइदिएको थियो । धरान मोडेलका शुभम कार्कीले पहिलो हाफमा एक गोल फर्काएपनि सान्त्वनामा सिमित भयो । सो खेलको म्यान अफ दि म्याच धरान मोडेलका विवेक राई घोषित भए ।
शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको फाइनलमा आइतबार पञ्चकन्या मावि धरान १७ र पब्लिक उच्चमावि धरान १२ बीच भिडन्त हुनेछ । जिल्ला फुटबल संघ सुनसरीले आयोजना गरेको प्रतियोगितामा धरान क्षेत्रका ५ सरकारी र २ वटा निजी विद्यालयले भाग लिएको छ । प्रतियोगिताको विजेता टिमले क्षेत्रीयस्तरको छनौट प्रतियोगिता खेल्न पाउनेछन् र त्यहाँको विजेता र उपविजेता टिमले राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाउनेछ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे