सामुदायिक सेवा केन्द्रलई हङकङबाट सहयोग

सामुदायिक सेवा केन्द्रकी कोषाध्यक्ष तारा शाक्यलाई नगद हस्तान्तरण गर्दै नेप्लीज युथ अर्गनाइजेशनका उपाध्यक्ष नारद राई(बाँया) ।
धरान । प्रहरी र जनताबीच समन्वय गराउने उद्देश्यले स्थापना भएको सामुदायिक सेवा केन्द्रलाई हङकङका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । केन्द्रलाई नेप्लीज युथ अर्गनाइजेशन, हङकङले सहयोग स्वरुप ६३ हजार ३ सय रुपैया पठाइदिएको हो । सो रकम शनिबार अर्गनाइजेशनका उपाध्यक्ष नारद राईले केन्द्रका पदाधिकारीहरुलाई हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्दै उपाध्यक्ष राईले राम्रो कामको लागि थप हौसला बढाउन आर्थिक सहयोग गरेको बताए । साथै, उनले भविष्यमा पनि सकरात्मक कामको लागि संस्थागत एवं व्यक्तिगतरुपमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।
प्रहरी सेवामा जनताको सहज पहुँच पर्याउन गठन भएको केन्द्रले जनसहभागितामा प्रहरी कार्यालय परिसरमा नै एक भवन समेत बनाइसकेको छ । सोही भवनमा आयोजित रकम हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै डिएसपी सञ्जयसिंह थापाले सहयोगले केन्द्र र प्रहरीलाई राम्रो काम गर्न थप प्रेरणा मिल्ने बताए । साथै, उनले सरसफाई, लागुऔषध नियन्त्रण, नागरिक सचेतना लगायत कार्यक्रम एवं गतिविधि केन्द्र र प्रहरी मिलेर भइरहेको पनि खुलाए । कोषाध्यक्ष तारा शाक्यले केन्द्रले हालसम्म गरेको गतिविधिहरु जानकारी गराउदै सहयोग आएको रकम बैकमा जम्मा गरिने र त्यसको ब्याजबाट संस्था सञ्चालनमा खर्च गर्ने बताइन् । केन्द्रका उपाध्यक्ष जयप्रकाश शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्का उपाध्यक्ष दिलिप श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे