अन्तर नगरपालिका तेक्वान्दो प्रतियोगिता शुरु


धरान । दुई दिने छैठौं पूर्वाञ्चल क्षेत्रीय अन्तर नगरपालिका तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि धरानमा शुरु भएको छ । धरान तेक्वान्दो डोजाङको आयोजनामा प्रतियोगिता धरान १० स्थित सुनसरी जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा शुरु भएको हो । एक समारोहबीच नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडाले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगितामा पूर्वको ९ वटा नगरपालिका र आयोजक समितिसहित १० वटा टिमले भाग लिएको छ ।

प्रतियोगितामा विभिन्न ६ वटा तौल समुहमा स्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा महिलातर्फ ४४ केजी, ४६ केजी र ५५ केजी तौल समुहमा स्पर्धा हुनेछ भने पुरुषतर्फ ४५ केजी, ५० केजी र ५४ केजी तौल समुहमा स्पर्धा हुनेछ । विजेता खेलाडीहरुले मेडल पाउनेछन् र राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पनि पाउने आयोजकले जनाएको छ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे