धरानमा तिज उत्सवको तयारी


धरान । महिलाहरुको चाड तिज आउन ठ्याक्कै महिनादिन बाँकी छ । तर, धरानका दुई सामाजिक संस्था यूवा दृष्टि समाज र लियो क्लब अफ धरान बुढासुब्बा श्रावण तिज उत्सव २०७१ के तयारीमा जुटिसकेका छन् ।
दुवै संस्थाले मंगलबार पत्रकार सम्मेलन गरेर सहुलियत दरको बजार तथा स्वास्थ्य मनोरञ्जनको लागि साउन २३ र २४ गते धरान १० स्थित सैनिक भवन परिसरमा उत्सव आयोजना गर्ने जानकारी दिएको छ । राखी(जनैपुर्णिमा), कुशे औशी र हरितालिका तीजको बेला महिलाहरुले विभिन्न श्रृंगारका सामानहरु खरीद गर्ने भएकोले एकै ठाउमा सबै सामग्रीहरु उपलब्ध गराउने उद्देश्यले उत्सव आयोजन गरिएको लियो क्लबका अध्यक्ष दिपेन्द्र निरौलाले बताए । उनका अनुसार आयोजक दुवै संस्थामा महिलाहरुको बाहुल्यता भएकोले पनि महिलाहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको हो ।

उनका अनुसार सैनिक भवन परिसरमा विभिन्न सौन्दर्य प्रशाधन एवं गरगहना, खाद्यान्न, साडी कुर्तालगायतका कपडा तथा तिज, रक्षाबन्धनमा आवश्यक घरायसी सामाग्रीहरुको स्टल राखिनेछ । कार्यक्रम स्थलमा नै महिलाहरुलाई मेहन्दीको सामाग्रीका साथै मेहन्दी लगाइदिने, नेल आर्ट गरिदिने स्टल पनि रहनेछ । ‘खेल तथा मनोरञ्जनाक स्टल पनि हुन्छन्, तर जुवाजन्य र मादकपदार्थ, धुमपानको स्टल चाहि हुदैनन्’–निरौलाले भने–‘मनोरञ्जनतर्फ खेलकुदका कार्यक्रम हुन्छन्, स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती हुन्छ भने आमा समुह र महिला समुहहरुबीच प्रतियोगितात्मक जित गीत,नृत्य हुनेछ ।’ साथै, तिजसम्बन्धी लोकदोहारी पनि आयोजना हुने उनले बताए ।


कार्यक्रमस्थलमा घरबाटै सञ्चालित घरले उद्योगहरुको स्टल रहने र समाग्रीहरु सस्तोमा बिक्री गर्न आग्रह गरिएको आयोजकले जनाएको छ । घरमा सिमित भएको व्यापारलाई बजारीकरण गराउन अवसर दिने उद्देश्यले पनि उत्सव आयोजना गरिएको यूवा दृष्टि समाजकी अध्यक्ष शुभेच्छा अधिकारीले बताइन् । ‘सेवाग्राही र घरमा सिमित व्यावसायीहरुबीच सम्बन्ध बढाउने अवसर पनि हो । सहुलियत दरमा सामानहरु उपलब्ध हुन्छ, महिला दिदीबहिनीहरुलाई स्वास्थ्य मनोरञ्जन पनि दिलाउने उद्देश्य हो, भड्किलो हुदैन’–उनले भनिन् ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे