बीपी प्रतिष्ठानमा न्यूरो सर्जरी सेवा शुरु

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले सोमबारदेखि न्युरो सर्जरी सम्बन्धि सम्पुर्ण सेवा सञ्चालनमा ल्याएको छ । न्युरो सर्जनको अभावमा न्युरोसम्बन्धी विरामीलाई अन्यत्र रिफर गर्दै आएको प्रतिष्ठानले अब भने सर्वसाधारण विरामीहरुले आकस्मिक एवं नियमित सम्पुर्ण सेवा यही पाउने जनाएको छ । न्युरो सर्जरी सेवा सञ्चालनमा ल्याउदा सर्वसाधारण विरामीले सर्वशुलभरुपमा सेवा पाउने प्रतिष्ठानको भनाई छ ।
न्युरो सर्जरीमा डाक्टर गुणराज पौडेलले तीन बर्षे कोर्ष पुरा गरी बिशेषज्ञता(एम.सिएच.) हासिल गरेर फर्किएपछि प्रतिष्ठानले यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ । करिब चार बर्षअघि न्युरो सर्जनले प्रतिष्ठान छोडेर गएपछि चिकित्सकको अभावमा प्रतिष्ठानले यो सेवा दिन सकेको थिएन । सामान्य टाउकोमा चोट लागेर आएका विरामीलाई पनि प्रतिष्ठानले अन्यत्र रिफर गर्नुपर्ने बाध्यता थियो । ‘हामीलाई न्युरो सर्जरीमा बिशेषज्ञता र एम सिएच गरेको डाक्टर अभाव थियो, अब भने न्युरो सर्जरीसम्बम्बी जति पनि केस आउछ, हामी यही उपचार गर्न सक्छौं, विरामीहरुले अरुतिर भौतारिनु पदैन’–प्रतिष्ठानका अस्पताल निर्देशक डा.अरविन्द सिन्हाले भने–‘सेवा शुरु भएपछि पूर्वाधार र जनशक्ति पनि बढाउछौं, त्यसको लागि सरकारको पनि सहयोगको खाँचो छ ।’

निजी खर्चमा काठमाण्डौं विश्वविद्यालयअन्र्तगतको न्युरो हस्पिटल बाँसबारीबाट न्युरो सर्जरीमा बिशेषज्ञता(एम.सिएच.) गरेका डा.पौडेलले प्रतिष्ठानमा साउन २३ गते नियुक्ती पाएका थिए । त्यसयता आवश्यक पूर्वाधार तयारीमा जुटेका उनले सोमबारदेखि औपचारिकरुपमा प्रतिष्ठानमा सेवा सुरु गरेका हुन् । ‘टाउकोमा लाग्ने चोटपटक, दिमागमा रगत जम्ने, पानी जम्ने, दिमाग थिलथिलिने, स्नायु सम्बन्धी एवं ट्युमर सम्बन्धी न्युरो सर्जरीको आकस्मिक र सबै नियमित सेवा उपलब्ध हुन्छ ’–न्युरो सर्जन डा.पौडेलले भने–‘पूर्वाधार थप्दै जान्छौं, सर्जरी अन्र्तगत छुट्टै विभागकोरुपमा टिम तयार हुन्छ ।’ चितवनका स्थायी बासिन्दा पौडेलले काठमाण्डौं मेडिकल कलेजबाट एमबिबिएस गरेका हुन् भने बीपी प्रतिष्ठानबाट एम.एस. गरेका हुन् । सन् २०११ मा अध्ययन गर्न जानुअघि उनले प्रतिष्ठानमा ५ बर्ष काम गरेका थिए ।


करिब चार बर्षअघि प्रतिष्ठानका न्युरो सर्जन डाक्टर याम रोक्काले प्रतिष्ठान छोडेर विराटनगरस्थित एक निजी अस्पताल गएपछि यहाँ न्युरो सर्जरी सम्बन्धी उपचार हुनै छोडेको थियो । दुर्घटना भएको अवस्थामा टाउकोमा चोट लागेका वा नशासम्बन्धी समस्या भएका विरामीहरुलाई तत्काल अप्रेशन गर्नुपर्ने हुन्छ । त्यसबेला न्युरो सर्जनको खाँचो हुन्छ । बीपी प्रतिष्ठानमा पूर्वाञ्चलभरिबाट विरामी रिफर भएर आउने भएकोले पनि न्युरो सर्जरी सेवा अतिआवश्यक थियो । तर, न्युरो सर्जनको अभावमा अन्यत्र रिफर गर्दा कतिपय अवस्थामा विरामीको ज्यानै पनि जाने गरेको थियो । ‘दुर्घटना भएकोबेला टाउकोमा गम्भीर चोट पुगेको हुन्छ, न्युरो सर्जन नहुदा त्यस्ता विरामीलाई रिफर गर्नुपथ्र्यो, कतिको बाटोमा नै ज्यान पनि जान्थ्यो’–अस्पताल निर्देशक सिन्हाले भने–‘अब त्यसरी रिफर हुदैन, यही शल्यक्रिया हुन्छ, विरामीको समय र पैसाको पनि बचत हुन्छ ।’ यसअघि विरामीहरु न्युरो हस्पिटल, सिलगुडी र काठमाण्डौंमा न्युरो सर्जरीको उपचार गराउन जानुपथ्र्यो । त्यहाँ विरामीहरुले चर्को शुल्क तिर्नुपथ्र्यो ।
न्युरो सर्जरी सेवा शुरु भएपछि प्रतिष्ठानमा आइसियु र सिसियुको क्षमता पनि बढाउने अस्पताल प्रशासनले जनाएको छ । ती आइसियु बेड भेन्टिलेटरसहितको हुनुपर्ने भएकोले सरकारबाट सहयोग आवश्यक भएको निर्देशक सिन्हाले बताए । हाल प्रतिष्ठानमा ११ वटा आइसियु र ४ वटा मात्रै सिसियु वेड छन् । यो सेवालाई प्रभावकारी बनाउन जनशक्ति र भौतिक पूर्वाधार बढाउदै लगेर भविष्यमा छुट्टै विभागकोरुपमा स्थापित गराउने अस्पताल प्रशासनले जनाएको छ । न्युरो सर्जृरीको लागि आवश्यक सिटिस्क्यान र एमआरआई सेवा हाल चालु अवस्थामा रहेको प्रशासनले जनाएको छ ।
...............

                     प्रवक्तामा डाक्टर चौधरी नियुक्त


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवक्तामा हाडजोर्नी विभागका चिकित्सक डाक्टर पशुपति चौधरी नियुक्त भएका छन् । यसअघि सहायक प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका चौधरी साउन ५ गतेबाट प्रतिष्ठानको प्रवक्तामा नियुक्त भएका हुन् । प्रवक्ता चौधरी प्रतिष्ठानको सहायक अस्पताल निर्देशक पनि हुन् ।
प्रतिष्ठानका प्रवक्ता रहेका डाक्टर पारस पोखरेल लामो विदामा गएपछि उनलाई उपकुलपति डा.बीपी दासले सुचना तथा सञ्चार विभाग प्रमुख(प्रवक्ता)मा नियुक्त गरेका हुन् । सहायक प्रवक्तामा डाक्टर नारायण भटराई नियुक्त भएका छन् । प्रतिष्ठानले आफ्नो आधारिक धारणा एवं भनाईलाई यही विभागका प्रमुख(प्रवक्ता) एवं सहायक प्रवक्ताबाट अभिव्यक्त एवं प्रकाशन, प्रसारण गर्छ । ‘प्रतिष्ठानको आधारिक धारणा, भनाई, योजना, नीति र कार्यक्रमहरु सञ्चारमाध्यमबाट जानतालाई जानकारी गराउने काम यही विभागबाट हुन्छ’–प्रवक्ता डा.चौधरीले भने–‘सञ्चारमाध्यम र प्रतिष्ठानबीच सम्पर्क गराउने माध्यमकोरुपमा काम गर्नेछौं, त्यसबाहेक हाम्रो वेभसाइटलाई अपडेट गर्ने, मुखपत्र निकाल्ने तयारी गछौं ।’

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे