दुई दिने विमल कविता उत्सव शुरु, 'यो बाटो' कविता प्रथम


धरान । स्वर्गीय कवि विमल गुरुङको ४४ औं जन्मजयन्तीको अवसरमा धरानमा दुई दिने विमल कविता उत्सव शुरु भएको थियो । उत्सवको पहिलो दिन शुक्रबार धरान १८ स्थित स्वर्गीय विमल गुरुङ स्मृति पुस्तकालयको हलमा २० औं राष्ट्रिय कविता महोत्सव सम्पन्न भयो ।
प्रतियोगितात्मक महोत्सवमा देश विदेशबाट प्राप्त कविताहरुमध्ये उत्कृष्ट १५ वटा कविता वाचन गरिएको थियो । ती मध्ये काठमाण्डौं विश्वविद्यालयका दिल दिवानाको ‘यो बाटो’ शिर्षकको कविता प्रथम भयो । यस्तै, खोटाङका अनिल राईको ‘पूर्खा’ शिर्षकको कविता दोस्रो र खोटाङकै अनिल किरातीको ‘शहीदको उम्मेदवार’ शिर्षकको कविता तेस्रो भयो । खयरमारा महोत्तरीका राजु स्याङतेनको ‘च्याङबाको रहर’ शिर्षकको कविताले सान्त्वना पुरस्कार पायो ।


प्रथम कविताले नगद १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार र सान्त्वना विजेताले नगद ३ हजार पुरस्कार प्राप्त गरेका छन् । उनीहरुलाई विजेता कविहरुलाई  क्रमशः दोस्रो र तेस्रो भए । विजेताहरुलाई दुई दिने उत्सवअन्र्तगत शनिबार आयोजना हुने साहित्यिक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिको हातबाट पुरस्कार वितरण गरिने आयोजक पुस्तकालयका सदस्य चेवन राईले जानकारी दिए । छनौट समितिले छनौट गरेको उत्कृष्ट १५ कविताहरुलाई इमेल मार्फत कवि श्रवण मुकारुङ, तुलसी दिवस र मनप्रसाद सुब्बालाई पठाएर उनीहरुबाट ७५ नम्बर निर्णय गराइएको थियो भने छनौट समितिबाट २५ नम्बरको निर्णय गराइएको थियो ।

पिण्डेश्वर विद्यापिठका प्राचार्य डा.भिम खतिवडाको प्रमुख आतिथ्यमा आयोजित समारोहमा साहित्यकार एवं प्राध्यापक डा.गोपाल भण्डारीलाई नागरिक अभिन्नदन गरिएको थियो भने इनरुवाका पत्रकार जयकृष्ण यादवलाई युवा प्रतिभा सम्मान गरिएको थियो । आयोजक समितिका अनुसार शनिबार साहित्य दर्शन परिचर्चा गरिनेछ भने भयवादबारे चर्चा हुनेछ । यस्तै, गजल–कविता वाचन र पुरस्कार वितरण कार्यक्रम पनि हुनेछ । स्वर्गीय कवि गुरुङको जन्यजयन्तीको दिन बर्षेनी आयोजना हुदै आएको कविता उत्सवलाई पुस्तकालयले यस पटक वृहतरुपमा दुई दिने कार्यक्रम गरेर मनाएको हो । विगतका बर्षहरुमा भने विमलको जन्म दिन कार्तिक १९ गते प्रतियोगितात्मक कविता उत्सव आयोजना हुदै आएको थियो ।
किसोर अवस्थामा नै प्रगतिवादी एवं सशक्त कविताहरु सृर्जना गरेका कवि विमल १९ बर्षको अल्पायुमा दुर्घटनामा परि ०४८ बैशाखमा निधन भएको थियो । एक मात्र छोराको मृत्युपछि बुबा पुर्णबहादुर गुरुङ र आमा सरस्वतीले छोराको स्मृतिमा धरान १८ स्थित बुद्धचोकमा पुस्तकालय स्थापना गरेर साहित्यको सेवामा जीवन सर्मपण गरेका छन् । पुस्तकालयले बर्षेनी कविता उत्सव आयोजना गर्दै आएको छ । गुरुङ दम्पत्तिले गत बर्ष ५० लाखको अक्षयकोष पनि खडा गरिदिएका छन् ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे