मुटु रोगीलाई सहयोग गर्न २० लाखको अक्षयकोष


धरान । मुटु रोगीहरुलाई सहयोग गर्ने उदेश्यले धरानका एक व्यावसायीले २० लाख रुपैयाको अक्षयकोष स्थापना गरेका छन् । ह्दयघातबाट गत कार्तिक १ गते मृत्यु भएकी धरान १ की अन्जना अग्रवालको परिवारले अक्षयकोषसहित अञ्जना अग्रवाल स्मृति प्रतिष्ठान स्थापना गरेको हो ।
३४ बर्षको अल्पायुमै अन्जनाको हृदयघातबाट निधन भएपछि उनको आत्माको चिरशान्तिको कामनाका गर्दै मुटू रोगीहरुलाई सहयोग गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना गरिएको पति श्याम अग्रवालले बताए । प्रतिष्ठानको अक्षयकोषबाट पूर्वाञ्चलका आर्थिक अभाव भएका मुटुरोगीको उपचारमा सहयोग पुर्याउने उनले बताए । ‘मुटु रोग लागेरै कसैले अकालमा मर्न नपरोस भनेर अक्षयकोषसहित प्रतिष्ठान स्थापना गरेका हौं’–उनले भने–‘गरिब मुटू रोगीलाई सहयोग गर्न पाउदा अञ्जनाको आत्माले पनि शान्ति मिल्छ ।’ गरीब मुटुरोगीका विरामीहरुलाई अञ्जना अग्रवाल प्रतिष्ठानले सिफारिस गरेमा ग्रन्डी अस्पताल काठमाण्डौंले निःशुल्क उपचार गर्ने अस्पतालका प्रबन्धक विजय रिमालले बताएका छन् ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे