बुधबार(आजदेखि)सुर्य नेपाल इष्र्टन ओपन हुदै
![]() |
इष्र्टन ओपनका साविक विजेता रवि खड्का निर्वाण कन्टी क्लबस्थित गल्फ कोर्षमा मंगलबार अभ्यास गर्दै । |
धरान । सूर्य नेपाल गल्फ टुरअन्र्तगत चार दिने सूर्य नेपाल इष्टर्न ओपन २०१४ आज(बुधबार) देखि धरानमा शुरु हुदैछ । पार ७० को निर्वाणा कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा हुने प्रतियोगितामा ३१ प्रोफेस्नल र २५ जना एमेच्योरसहित कुल ५६ जना खेलाडी सहभागी हुदैछन् । प्रतियोगिताको सम्पुर्ण तयारी भइसकेको आयोजक नेपाल प्रोफेसनल गल्फर्स एशोसिएशनले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन पाँच दिनअघि देखि नै काठमाण्डौं, पोखराबाट खेलाडीहरु धरान आएर गल्फ कोर्षमा अभ्यास गरिरहेका छन् । प्रतियोगिताको शुरुवाती तीन दिन उपाधिको लागि मुख्य इभेन्ट हुनेछ भने चौथो दिन प्रोफेसनल र एमेच्योर खेलाडीबीच मैत्रीपुर्ण प्रो–एम खेल हुनेछ । मुख्य इभेन्टतर्फ दुई दिनको खेल प्रर्दशनको आधारमा मात्रै उत्कृष्ट २१ गल्फरहरुले अन्तिम दिन खेल्न पाउने आयोजकका अफिसियल रामजी राजवाहकले जानकारी दिए । उनका अनुसार गएको बर्षभन्दा यो बर्ष कोर्ष र ग्रीनको अवस्था राम्रो छ ।

प्रतियोगितामा कुल पुरस्कार राशी ५ लाख १४ हजार ५ सय रुपैया रहेको छ । प्रतियोगिताको विजेताले ९५ हजार पाउनेछन् भने दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ६० हजार र ३३ हजार पाउनेछन् । आयोजकका अनुसार प्रतियोगितामा २१ औं स्थानमा रहन सफल खेलाडीहरुले नगद पुरस्कार पाउनेछन् । धरानमा सन् २००२ मा पहिलो पटक इष्र्टन ओपन भएको थियो । त्यसपछि रोकिएको यो प्रतियोगिता सन् २००८ देखि भने निरन्तर आयोजना हुदै आएको छ ।
Comments
Post a Comment