फाल्डो सिरिजको लागि जुनियर खेलाडी छनौट(फोटोफिचर)


धरान । फाल्डो सिरिज गल्फ टुर्नामेन्टको लागि पूर्वाञ्चलबाट पाँच जना जुनियर खेलाडी छनौट भएका छन् । ती मध्ये ४ जना पुरुष र एक महिला खेलाडी हुन् । पार ७० को निर्वाणा कन्ट्री क्लब गल्फ रिसोर्टमा आयोजित २ दिने छनौट प्रतियोगिताबाट यु–२० र यु–१६ उमेर समुहतर्फ ती खेलाडी छनौट गरिएको हो ।
दोस्रो दिन युु–२० उमेर समुहतर्फ ३६ होलको खेल सकिदा कुल ५ ओभर १४५ स्कोरका साथ प्रथम हुदै युवराज भुजेल छनौट भए भने कुल १७ ओभर १५७ स्कोर गरेका निरज तामाङ पनि छनौट भएका छन् । कुल १० ओभर १५० स्कोर गरेका शिवराज माझीले परीक्षाको कारण राजधानीमा हुने फाल्डो सिरिज छनौटमा सहभागी हुन नसक्ने जनाएपछि उनी भन्दा ७ स्ट्रोकले पछि परेर तेस्रो स्थानमा रहेका निरजले अवसर पाएका हुन् ।

प्रथम स्थानमा रहेका युवराजले पहिलो दिन १ अण्डर ६९ स्कोर खेलेका थिए भने बुधबार दोस्रो दिन ६ ओभर ७६ स्कोर खेलेका थिए । उनले फ्रन्ट नाईन २ ओभर ३७ र ब्याक नाईन ४ ओभर ३९ स्कोर गरे । यस्तै, काठमाण्डौं जाने अवसर पाएका निरजले पहिलो दिन ११ ओभर ८१ स्कोर खेलेका थिए भने दोस्रो दिन ६ ओभर ७६ स्कोर खेले । उनले फ्रन्ट नाईन २ ओभर ३७ र ब्याक नाईन ४ ओभर ३९ स्कोर गरे । दोस्रो भएका शिवराजले भने पहिलो दिन ४ ओभर ७४ स्कोर गरेका थिए भने दोस्रो दिन ६ ओभर ७६ स्कोर खेलेका थिए ।
यसैगरि, यु–१६ उमेर समुहतर्फ कुल ११ ओभर १५१ स्कोरसहित प्रथम हुदै शुक्रबहादुर राई र कुल १९ ओभर १५९ स्कोरसहित दोस्रो हुदै आकाश राई छनौट हुन सफल भएका छन् । पहिलो दिन ८ ओभर ७८ स्कोर खेलेर दोस्रो स्थानमा रहेका शुक्रबहादुरले बुधबार भने खेलमा सुधार गर्दै ३ ओभर ७३ स्कोर गरेका थिए । सुर्य नेपाल इष्टर्न ओपनको एमेच्योर विजेतासमेत रहेका उनले फ्रन्ट नाईनमा एक ओभर ३६ र ब्याक नाईनमा २ ओभर ३७ स्कोर खेले । यस्तै, पहिलो दिन ७ ओभर ७७ स्कोरसहित पहिलो स्थानमा रहेका आकाशले दोस्रो दिन १२ ओभर ८२ स्कोर गर्दै दोस्रो स्थानमा झरे । उनले फ्रन्ट नाईन ७ ओभर ४२ र ब्याक नाईन ५ ओभर ४० स्कोर खेले ।
स्ट्रोक प्लेको आधारमा आयोजित दुई दिने छनौट प्रतियोगितामा यु–२० उमेर समुहतर्फ ४ जना र यु–१६ उमेर समुहतर्फ ९ जना खेलाडीहरु सहभागी भएको स्थानीय व्यवस्थापन सुनसरी जिल्ला गल्फ संघले जनाएको छ । प्रतिभाशाली जुनियर खेलाडी खोजी गर्ने उद्देश्यले आयोजित प्रतियोगिता नेपाल गल्फ एशोसिएशनको मुख्य आयोजनामा भएको हो । यु–२० उमेर समुहको महिलातर्फ भने नोर्किन पाख्रिन छनौट भएको जिल्ला गल्फ संघका सचिव तिलक राईले जानकारी दिए । उनका अनुसार छनौट भएका पाँच जना जुनियर खेलाडीलाई बिहिबारदेखि एक सातासम्म धरानका ५ जना व्यावसायिक खेलाडीहरुले प्रशिक्षण गराउनेछन् ।
‘उनीहरुले डिसेम्बर ६, ७ र ८ मा काठमाण्डौंको गोकर्ण रिसोर्टमा पश्चिमाञ्चल, मध्यमाञ्चलबाट छनौट भएकाहरुसँग प्रतियोगितामा पुनःस्पर्धा गर्नुपर्नेछ, त्यहाँ पनि पहिलो र दोस्रो हुने खेलाडीहरुले फाल्डो सिरिजको अन्र्तराष्ट्रिय प्रतियोगितामा विदेशमा भाग लिने अवसर पाउनेछन्’–सचिव राईले भने । छनौट भएका खेलाडीहरुलाई शुभकामना दिदै सुनसरी गल्फ संघका अध्यक्ष डि.बि.राईले जुनियर खेलाडीहरुको खेलस्तरमा सुधार हुदै गएकोमा प्रसंसा गर्दै अनुशासित भएर खेल्न सुझाव दिए । धरान गल्फ संघका अध्यक्ष पुर्ण लिम्बूले काठमाण्डौंमा पनि राम्रो खेल प्रतिभा देखाएर छनौट हुन खेलाडीहरुलाई शुभकामना दिए । फाल्डो सिरिज बेलायतका अन्र्तराष्ट्रिय खेलाडी निक फाल्डोको नाममा बर्षेनी आयोजना हुने गरेको छ ।













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे