बीपीको डाक्टरलाई कलकत्तामा अवार्ड


धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आँखा रोग विभाग प्रमुख डा.पुनम लुभाजु भारतको पश्चिम वंगालस्थित कलकत्तामा सम्मानित भएकी छिन् । आँखा रोग विशेषज्ञहरुको अन्र्तराष्ट्रिय सम्मेलनको क्रममा डा.लुभाजु सरस्वती देवी मेमोरियल ACOIN Award, 2013 बाट सम्मानित भएकी हुन् । आँखालाई स्वास्थ्य राख्न समुदायमा पुर्याएको योगदान तथा आँखा रोगको उपचारमा देखाएको सक्रियताको मुल्यांकन गर्दै उनलाई सम्मेलनमा अवर्डा प्रदान गरिएको हो । उनलाई पश्चिम वंगाल भारतका गर्भनर केशरी त्रिपाठीले अवार्ड प्रदान गरेका थिए ।
कलकत्तामा ३० अक्टोबारदेखि २ तारिखसम्म आँखा रोग बिशेषज्ञहरुको तीन दिने अन्र्तराष्ट्रिय सम्मेलन भएको थियो । ‘आँखा रोग निदानमा समुदायस्तरमा पुर्याएको योगदान, आँखा रोगको उपचारमा देखाएको सक्रियताको मुल्यांकन गर्दै अवार्ड दिइएको हो’–डा.लुभाजुले नागरिकसँग भनिन्–‘यो अवार्डले मलाई आफ्नो काम र सेवामा झनै हौसला मिलेको छ ।’

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे