सुर्य नेपाल इष्र्टन ओपन गल्फमा सञ्जय लामा बने च्याम्पियन(फोटोफिचर)


धरान । त्रिभुवन आर्मी क्लबका सञ्जय लामा सुर्य नेपाल गल्फ टुरअन्र्तगतको इष्र्टन ओपन २०१४ मा नयाँ च्याम्पियन बनेका छन् । पार ७० को निर्वाणा कन्ट्री गल्फ रिसोर्टमा शुक्रबार तेस्रो तथा अन्तिम दिन ५४ होलको खेल सकिदा कुल ६ अण्डर २०४ स्कोरका साथ पहिलो स्थानमा रहदै लामा इष्टर्न ओपनको नयाँ च्याम्पियन बनेका हुन् । सन् २००७ देखि प्रो–टर्न भएका लामाको क्यारियरकै यो दोस्रो उपाधि हो । यसअघि उनले सन् २०१० मा पोखरामा आयोजित सुर्य नेपालको वेष्र्टन ओपन जितेका थिए ।
अन्तिम दिन शुक्रबार २ अण्डर ६८ को कार्ड बनाएका लामाले दोस्रो स्थानमा रहेका नेपालका नम्वर वान गल्फर शिवराम श्रेष्ठलाई ३ स्ट्रोकले पछि पारे । च्याम्पियन लामाले फ्रन्ट नाईन २ अण्डर ३३ खेल्ने क्रममा उनले पहिलो होलमा डबल बुगी र नवौं होलमा बुगी गरे पनि दोस्रो, चौथो, पाचौं र आठौं होलमा बर्डी गर्दै स्ट्रोक जोगाए । ब्याक नाईन लेभल पार ३५ खेल्ने क्रममा उनले १३ आंै होलमा बुगी खेपे पनि १४ मा बर्डी गरे ।

प्रतियोगिताको पहिलो दिन ५ अण्डर ६५ को कार्ड बनाएर शीर्षस्थानमा रहेका लामाले दोस्रो दिन एक ओभर ७१ को कार्ड बनाएर दोस्रो स्थानमा थिए । च्याम्पियन लामाले नगद ९५ हजार र ट्रफी हात पारे । इष्र्टन ओपनमा नयाँ च्याम्पियन बनेसँगै लामाले ६ अण्डरको उत्कृष्र्ट प्रर्दशनको नयाँ रेकर्ड पनि बनाए । निर्वाणा गल्फ कोर्षमा अण्डर खेल्नु निक्कै कठिन मानिन्छ । यसअघि भएको ७ वटा प्रतियोगितामध्ये सन् २००२ का च्याम्पियन दिपक मगरले मात्रै कुल एक अण्डरको कार्ड बनाएका थिए । ‘उपाधि जित्ने लक्ष्य लिएर आएको थिएँ, सोचे अनुरुप नै सबै राम्रो भयो’–नयाँ च्याम्पियन लामाले भने–‘आजको खेलमा शुरुवात नै खराब(डबल बुगी)बाट भएपनि पछि सुधार भयो । च्याम्पियन बने खुशी छुँ ।’


तीन स्ट्रोकले पछि परेका नम्वर वान गल्फर शिवराम श्रेष्ठ कुल ३ अण्डर २०७ स्कोर गर्दै दोस्रो स्थानमा चित्त बुझाए । उनले नगद ६० हजार थापे । अन्तिम दिन छैटौं स्थानबाट खेल शुरु गरेका श्रेष्ठले ५ अण्डर ६५ को उत्कृष्ट कार्ड बनाए । उनले फ्रन्ट नाईन ३ अण्डर ३२ को कार्ड बनाउने क्रममा दोस्रो, तेस्रो, चौथो र सातौं होलमा बर्डी खेल्दै स्ट्रोक जोगाए भने नवौं होलमा बुगी खेपे । यस्तै, ब्याक नाईनमा १२ औं र १३ औं होलमा बर्डी गर्दै उनले २ अण्डर ३३ को कार्ड बनाए । शिवरामले पहिलो दिन लेभल पार ७० र दोस्रो दिन २ ओभर ७२ को कार्ड बनाएका थिए ।

दोस्रो दिन ३८ होलको खेल सकिदा शीर्षस्थानमा रहेका सुर्यप्रसाद शर्माले कुल एक अण्डर २०९ स्कोरका साथ तेस्रो स्थानमै चित्त बुझाए । पहिलो दिन ४ अण्डर ६६ र दोस्रो दिन एक अण्डर ६९ को कार्ड बनाए पनि अन्तिम दिन भने उनले ४ ओभर ७४ को खराब कार्ड बनाए । उनले नगद ४४ हजार पाए । स्थानीय व्यावसायिक गल्फर सुमन राई कुल लेभर पार २१० स्कोरसहित चौथो स्थानमा रहे । उनले नगद ३६ हजार पुरस्कार थापे । यस्तै, कुल ४ ओभर २१४ स्कोरसहित स्थानीय प्रो.सविन सापकोटा र साविक विजेता रवि खड्का संयुक्तरुपमा पाँचौं स्थानमा रहे । दुवैले जनही नगद ३० हजार ५ सय थापे । कुल ६ ओभर २१६ स्कोरसहित धनबहादुर थापा र रमेश अधिकारी संयुक्तरुपमा सातौं स्थानमा रहदै जनही २४ हजार २ सय ५० रुपैया थापे । स्थानीय प्रो.थामबहादुर राईले कुल ९ ओभर २१९ स्कोर खेल्दै नवौं स्थानमा चित्त बुझाए । उनले नगद २० हजार ५ सय रुपैया पाए ।

यस्तै, कुल १० ओभर २२० स्कोरसहित पशुपति शर्मा र भुवन नगरकोटी(उमेश) संयुक्तरुपमा दशौं स्थानमा रहदै जनही नगद १७ हजार ५ सय हात पारे । प्रतियोगितामा सञ्जिव बहादुर नेपाली १२ औं र धरानका देवराज पाख्रिन १३ आंै स्थानमा रहदै क्रमशः नगद १५ हजार र १४ हजार पाए । प्रतियोगितमा २१ औं स्थानसम्मका व्यावसायिक खेलाडीहरुले नगद पुरस्कार पाएका थिए ।
यस्तै, प्रतियोगितामा एमेच्योरतर्फ धरानका १६ बर्षीय शुक्रबहादुर राईले कुल १० ओभर २२० स्कोरका साथ प्रथम स्थानमा रहदै च्याम्यिन बने । अन्तिम दिन पनि शीर्षस्थानबाटै खेल शुरु गरेका उनले ५ ओभर ७५ को कार्ड बनाए । उनले पहिलो दिन ३ ओभर ७३ र दोस्रो दिन २ ओभर ७२ को कार्ड बनाएका थिए । यस्तै, कुल ७ ओभर २२७ स्कोर खेल्दै युवराज भुजेल एमेच्योरतर्फ उपविजेता बने । प्रतियोगिताका विजेताहरुलाई निर्वाणा कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टका अध्यक्ष शशीराम भण्डारी र जिल्ला गल्फ संघका सचिव तिलक राईले ट्रफी एवं नगद पुरस्कार प्रदान गरे । प्रतियोगिता शनिबार प्रो–एम स्पर्धा हुने नेपाल प्रोफेसनल गल्फर एशोसिएशनले जनाएको छ ।


















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे