धरान खानेपानी परियोजनालाई त्रिपक्षीय ऋण सम्झौता


धरान । खानेपानी समस्या हल गर्न एकीकृत शहरी विकास आयोजनाअन्र्तगत सञ्चालनमा रहेको परियोजनाको लागि आइतबार त्रिपक्षीय ऋण सम्झौता भएको छ । काठमाण्डौंस्थित कोषको कार्यालयमा नेपाल सरकार, धरान नगरपालिका र नगर बिकास कोषबीच त्रिपक्षीय ऋण सम्झौता भएको हो ।
सम्झौतामा नेपाल सरकारकोतर्फबाट शहरी विकास तथा भवन निर्माण विभागअन्र्तगतको आयोजना समन्वय कार्यालयका उपनिर्देशक नवराज प्याकुरेल, नगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राई र कोषका कार्यकारी निर्देशक सुशील ज्ञावलीले हस्ताक्षर गरेका छन् । यो सम्झौता आयोजनाको स्रोत(आर्थिक)को ग्यारेण्टी भएकोले निर्माण कार्यको लागि कन्ट्रयाक्टर छनौटको ढोका पनि खुलेको छ । त्यसको लागि सोमबार ग्लोबल टेण्डर आह्वान हुने नगरपालिकाले जनाएको छ ।


ऋण सम्झौता हस्ताक्षर कार्यक्रममा उपस्थित नगरपालिकाका लेखा अधिकृत भेषराज अधिकारीका अनुसार परियोजनाको लागि कोषले कुल लागतको ३५ प्रतिशत ऋण उपलब्ध गराउने सम्झौता भएको हो । पाँच प्रतिशत ब्याजदरको यो ऋण पनि कोषमार्फत एडिबिले नै उपलब्ध गराउने उनले बताए । पछिल्लो लागत स्टिमेट अनुसार खानेपानी परियोजनाको कुल लागत अनुमान एक अर्ब ६५ करोड रुपैया रहेको छ । त्यसबमोजिम कोषले दिने ऋण करिब ५७ करोड रुपैया पुग्छ । ‘यो ऋणको ग्रेस अवधि(ब्याज नलाग्ने समय) ५ बर्षको छ, त्यसपछि २० बर्षको अवधिमा चुक्ता गर्नुपर्ने हुन्छ’–लेखा अधिकृत अधिकारीले भने ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे