मैत्रीपुर्ण खेलमा धरान मिडिया विजयी

धरान मिडियाको जितमा धीरेन लिम्बू एक्लैले ४ गोल गरे भने विकास राईले एक गोल गरेका थिए । एक गोल भने संघीय समाजवादीकै खेलाडीबाट आत्मघाती गोल भएको थियो । समाजवादीको लागि निर्मल लिम्बू र जीवन लिम्बूले एक एक गोल गरेका थिए । स्वाथ्यको लागि फुटबल नारासहित केही समयदेखि धरानका पत्रकारहरुले नियमित फुटबल अभ्यास गर्दै आइरहेका छन् । साथै, उनीहरुले विभिन्न संघसंस्था एवं राजनीतिक संगठनहरुसँग मैत्रीपुर्ण खेल पनि खेलिरहेका छन् ।
Comments
Post a Comment