मन्दिरा बनिन् कोशी क्वीन


धरान । सुन्दरी प्रतियोगिता कोशी क्वीन–२०१४ को ताज धरानकी मन्दिरा लामिछानेले जितेकी छिन् । धरान सभागृहमा शनिबार सम्पन्न सो प्रतियोगितामा विजेता मन्दिराले अन्य १७ जना फाईनलका प्रतिस्पर्धीहरुलाई पछि पार्दै ताज पहिरिएकी हुन् । उनले कोशी क्वीनको उपाधीसँगै वेष्ट स्कीन र वेष्ट डे«सअपको उपाधी पनि पोल्टामा पारिन् ।
विजेता मन्दिराले ट्रफी, नगद १० हजार, आरजे, भीजे, मेकअप आर्टिस टे«निसँगै काठमाडौमा आयोजना हुने ब्युटी क्वीन नेपाल–२०१५ मा सहभागि हुने अवसर पनि पाइन् । अमेजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगितामा फष्ट रनर अप र मोष्ट पपुलरको उपाधि भेडेटारकी स्नेहा श्रेष्ठले जितिन् । उनले पनि ट्रफीसँगै काठमाडौमा हुने व्युटी क्वीन नेपाल–२०१५ मा सहभागि हुने अवसर पनि पाइन् । यस्तै, सेकेन्ड रनरअप र मोष्ट डिसिप्लीनको उपाधि धरानकी सृजना लिम्बुले जितिन् भने थर्ड रनर अपसँगै मोष्ट स्टाईलिष्टको उपाधि धरानकी सन्जना राईले हात पारिन् ।
प्रतियोगितामा विवाहित र अविवाहित गरी १८ जनाले भाग लिएका थिए । प्रतियोगिताका निर्णायकहरुमा नायिका बिनिता बराल, गायक एपी शेर्पा, समाजसेवी केशरी राना मगर, ग्लोबल रेडियो नेटवर्कका फाउण्डर चर्चित ढुङ्गेल, युरेका रेसिडेन्टल स्कुल धरानका फाउण्डर राजेन्द्र गुरुङ रहेका थिए । प्रतियोगितामा अन्य उपाधीहरु तर्फ वेष्ट क्याटवाक धरानकी निशा सेनेहाङ लिम्बु, वेष्ट पर्सन्यालिटी रिना राई, वेष्ट चार्मिङ सिम्रण राई, वेष्ट ट्यालेन्ट रेश्मा राई, वेष्ट फोटो जेनिक मनिषा ताम्राकार, वेष्ट हेयर योगिता गुरुङ, वेष्ट स्माईल स्मेना लिम्बु, मोष्ट एक्टीभ मोरङ याङ्शीलाकी मेनुका लिम्बु, मोष्ट ईनोसेन्ट धरानकी मुना लिम्बु, मोष्ट फे्रन्डसीप तमन्ना लिम्बु, बेष्ट भ्युअर च्वाईस छाँया श्रेष्ठ, मोष्ट फिगर मोरङ पथरीकी सरस्वती राई, मोष्ट एक्टीभ धरानकी कामना लिम्बु र वेष्ट स्मार्ट स्मीता चेम्जोङ घोषित भईन् ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे