तरुण नकाउट फुटबलमा युवा जागृतिको विजयी शुरुवात


धरान । नेपाल तरुण दल धरान २२, देउरालीको आयोजनामा सोमबारदेखि तरुण नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । देउरालीस्थित हिमाली माविको मैदानमा शुरु भएको प्रतियोगितामा धरान १९ को युवा जागृति क्लबले विजयी शुरुवात गरेको छ ।
सोमबार भएको उद्घाटन खेलमा युवा जागृतिले तरहरास्थित डियर क्लब अफ तरहरालाई ४–३ गोलअन्तरले हरायो । युवा जागृतिको जितमा ए डिभिजन क्लबबाट खेलिसकेका युवा खेलाडी शेखर लिम्बूले २ गोल गरे भने शशी राई र राजिव राईले एक एक गोल गरे । तरहराको लागि मकल तामाङले २ गोल गरे भने सन्तोष राईले एक मात्रै गोल गरे ।

प्रतियोगितामा सुनसरी, मोरङ, झापा र धनकुटाबाट गरि २१ टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । विजेताले नगद ५० हजार र ट्रफी हात पार्नेछ भने उपविजेताले नगद २५ हजार पाउने आयोजक समितिका अध्यक्ष सन्तोष लिम्बूले जानकारी दिए । प्रतियोगितामा युवा जागृति क्लब, झुम्का क्लब, डि.सि.टि.क्लब, डाँगी क्लब, मंगलबारे क्लब, डाँडाबजार क्लब, ज्ञाटिस क्लब, विराट चौक क्लब, मजदुर क्लब, क्याजल क्लब, सतिसाले क्लब, कालापानी मोरङ क्लब, चोक्टी क्लब मोरङ, ठिङ्गाबारी क्लबले भाग लिएको आयोजकले जनाएको छ । यस्तै, विशाल चौक मोरङ, स्कुल डाँडा क्लब, किसान चौक क्लब, अल स्टार क्लब, एन.वाई.सि.क्लब र आयोजकको दुई टिम सहभागी छ । प्रतियोगिताको फाइनल खेल मंसिर ८ गते हुनेछ । प्रतियोगितामा मंगलबार आयोजक ए र कालापानी मोरङ क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे