गजेन्द्र लिम्बू इन्द्र बराह एमेच्योर च्याम्पियन(फोटोफिचर)


धरान । प्रथम इन्द्र बराह स्मृति एमेच्योर गल्फ प्रतियोगिता ०७१ को उपाधि काठमाण्डौंका गजेन्द्र लिम्बूले जितेको छन् । पार ७० को निर्वाणा कन्ट्री गल्फ रिसोर्टमा आइतबार आयोजित प्रतियोगितामा लिम्बूले नेट २ अण्डर ६८ स्कोर गर्दै उपाधि जितेका हुन् ।
स्ट्रोक प्लेको आधारमा खेलाइएको प्रतियोगितामा विजेता लिम्बूले फ्रन्ट नाइन ५ ओभर ४० स्कोर खेलेका थिए भने ब्याक नाईन ४ ओभर ३९ स्कोर खेले । उनी ११ ह्याण्डीक्याप खेलाडी हुन् । यसैगरि, दक्षिण कोरियाका क्योन लि. नेट लेभल पार ७० स्कोरसहित दोस्रो भए । उनले फ्रन्ट नाईनमा ९ ओभर ४४ स्कोर र ब्याक नाईनमा ११ ओभर ४६ स्कोर खेलेका थिए । क्योन लि. २० ह्याण्डीक्याप खेलाडी हुन् । तेस्रो भएका काठमाण्डौंका कर्णेल सुरेश बानियाँको पनि नेट लेभर पार ७० स्कोर भए पनि उनी ब्याक काउण्टमा पछि परेका थिए । उनले फ्रन्ट नाइनमा १२ ओभर ४२ स्कोर खेले भने ब्याक नाइनमा १७ ओभर ५२ स्कोर खेलेपछि क्योन लि.सँग पछि पर्दै तेस्रो स्थानमा चित्त बुझाए ।
विजेता लिम्बूले च्याम्पियन ट्रफीसहित १२ हजार बराबरको उपहार हात पारे भने दोस्रो हुनेले ६ हजार ५ सय र तेस्रो हुनेले ४ हजार ५ सय बराबारको उपचार र ट्रफी थापे । प्रतियोगितामा महिलातर्फ नेट २ अण्डर ६८ स्कोर गर्दै धरानकी नोर्किन पाख्रिन विजेता बनिन् । तेइस ह्याण्डी क्याप खेलाडी उनले फ्रन्ट नाइनमा ७ ओभर ४२ स्कोर र ब्याक नाईनमा १४ ओभर ४९ स्कोर खेलिन् । दक्षिण कोरियाकी क्युन चा आन नेट ३ ओभर ७३ स्कोर गर्दै महिलातर्फ उपविजेता बनिन् । उनले फ्रन्ट नाइनमा १० ओभर ४५ स्कोर र ब्याक नाइनमा १३ ओभर ४८ स्कोर खेलिन् । उनी २६ ह्याण्डीक्याप खेलाडी हुन् ।


प्रतियोगितामा ५५ बर्ष माथिको सिनियरतर्फ मनिप्रसाद राईले नेट ४ ओभर ७४ स्कोर गर्दै विजेता बने । उनले फ्रन्ट नाईन ७ ओभर ४२ स्कोर खेले भने ब्याक नाईनमा १३ ओभर ४८ स्कोर गरे । शुन्य ह्याण्डीक्याप रहेका बविन्द्र राईले ४ ओभर ७४ को उत्कृष्ट स्कोर गर्दै प्रतियोगिताको आर्कषक ग्रस पुरस्कारको विजेता बने । उनले फ्रन्ट नाइनमा १ ओभर ३६ स्कोर र ब्याक नाईनमा ३ ओभर ३८ स्कोर खेलेका थिए । ग्रसतर्फ २ ह्याण्डीक्याप खेलाडी पुर्ण लिम्बूले नेट ४ ओभर ७४ स्कोर गर्दै उपविजेता बने । उनले फ्रन्ट नाईनमा ४ ओभर ३९ स्कोर र ब्याक नाईनमा २ ओभर ३७ स्कोर गरेका थिए । यसैगरि, जुनियरतर्फका सहभागी रितेश तामाङ र सिना सापकोटाले राईजिङ स्टारको पुरस्कार पाए ।


यसैगरि, प्रतियोगितामा मोष्ट बर्डिजको पुरस्कार ३ वटा बर्डि गरेका एन्सु लिम्बूले पाए भने मोष्ट बुगीको पुरस्कार विजय राईले थापे । नियरेष्ट टु दि पिनको पुरस्कार बुद्धिमान तामाङले र लङ्गेष्ट ड्राइभको पुरस्कार विना सापकोटाले जितिन् । प्रतियोगिताका विजेताहरुलाई प्रायोजक बराह ज्वेलरी इष्ड्रष्ट्रिज प्रालिका अध्यक्ष शिव लामिछाने, धरान शाखा प्रमुख मानबहादुर बिक, आयोजक धरान गल्फ क्लबका अध्यक्ष पुर्ण लिम्बू, जिल्ला गल्फ संघका अध्यक्ष डि.बि.राई, सचिव तिलक राईलगायतले पुरस्कार वितरण गरेका थिए ।


बराह ज्वेलरी इष्डट्रिज प्रालिका संस्थापक इन्द्र लामिछानेको स्मृतिमा बर्षेनी प्रतियोगिता आयोजना गर्न धरान गल्फ क्लब र प्रालिबीच कार्तिक २३ गते १५ बर्षे सम्झौता भएको थियो । सम्झौता अनुसार प्रतियोगिता सञ्चालन गर्न प्रालिले प्रत्येक बर्ष क्लबलाई एक लाख रुपैया प्रायोजन रकम र रनिङ शिल्ड प्रदान गर्नेछ । प्रालिका संस्थापक लामिछाने गल्फ खेलप्रति असाध्यै रुचि राख्थे । उनी धरान गल्फ क्लबका संस्थापक कोषाध्यक्ष थिए भने सिंगल ह्याण्डीक्याप खेलाडी पनि थिए । प्रालि तथा व्यापारलाई धरानबाट काठमाण्डौं, पोखरा, युके र हङकङसम्म विस्तार गर्न सफल लामिछानेको ०६९ माघ १६ गते हङकङको मंकी हिलमा रहस्यमय निधन भएको थियो ।



















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे