सम्पत्ति हुदा हाईहाई, विपत्तिमा कोइ न कोइ न


धरान । सम्पत्तिमा सबैको हाइहाइ, विपत्तिमा कोही छैन दाजुभाई ! सम्पत्ति देखेपछि महादेवको पनि तीन नेत्र ! नेपाली समाजमा प्रचलित यो उखान जस्तै भएको छ, धरान १९ यलुङ चोकका ५२ बर्षीय सन्तकुमार सुब्बाको जिन्दगी । उमेर र शरीरमा वल भइञ्जेल उनले विदेशी भुमिमा परिश्रम गरे । परिवारजनको भविष्य र खुशीको लागि उनले झण्डै तीन दशक समय वहराइनमा विताए । त्यहाँ जे जति कमाए, सबै परिवारलाई नै पठाए । परिवारजन(बिषेष दाजुभाई)ले यता ठाउँ ठाउँमा जग्गाजमिन जोड्यो । पछि नेपाल फर्किएपछि दाजुभाईसँग कुरा मिलिहाल्छ भन्ने उनलाई लाग्यो ।
तर, मान्छेले सोचेजस्तो सहज हुदैन । उनले दुःख गरेर कमाएको एक पैसा साथमा छैन । न उनीसँग घर, जग्गाजमिन छ न परिवारजन नै छन् । उमेर र कमाई भइञ्जेल सबै थिए, अहिले विरामले थलिदा भने उनीसँग कोही परिवारजन छैनन् । साथीभाईको सहयोगले जसोतसो जीवन धानिरहेका छन् । ‘मैले २७ बर्ष वहराइनमा काम गरे, त्यहाँ कमाएको पैसाले भाईहरुको नाममा जग्गाजमिन किनियो । पछि मिलिहाल्छ भन्ने लाग्थ्यो’–शनिबार धरानका पत्रकारहरुमाझ आफ्नो पीडा पोख्दै सुब्बाले भने–‘तर, अहिले विरामी भएपछि कसैले पनि सहयोग गरेनन्, भाईहरुलाई मेरो कमाई भएपनि, अंश भएपनि देऊ भने, तर कसैले सुनेनन् । मलाई न्याय दिलाइदिनुपर्यो ।’


सन्तकुमार स्वर्गीय भूपू ब्रिटिश आर्मी पी.लिम्बू र मनमाया लिम्बूका जेठा छोरा हुन् । उनी सन् १९८७ देखि २०१० सम्म बहराइनमा थिए । बुबाको सन् २००० मा र आमाको करिब ७ महिनाअघि निधन भइसकेको छ । बहराइनमा रहदा ४ बर्षअघि दाहिने आँखामा केमिकल परेर ज्योति गुम्यो । उनी त्यही साल अक्टोबरमा नेपाल आएर तिलगंगामा देब्रे आँखाको उपचार गराए पनि केही सिप लागेन । देब्रे आँखाको पनि ज्योति गुम्यो । भर्खरै देब्रे कान इन्फेक्सन भएर अप्रेशन भएको छ । डाक्टरले टाउकोभित्र मासु पलाएकोले अप्रेशन गर्नुपर्ने सुझाएको छ भने उच्च रक्तचाप, मधुमेह रोगले पनि गाँजेको छ । ‘आँखा देख्नै छोडे, रातभरि टाउको दुःखेर सुत्नै सक्दिन । औषधी किन्ने पैसा छैन, खानेकुरा किन्न सक्दिन’–गहभरि आँशु झादै उनले भने–‘मेरो हालत थाह पाएर साथीभाई र स्कन मन्दिरले सहयोग गर्दै आएकोले अहिलेसम्म बचेको  छुँ । अंश पाए पनि उपचार गर्न सक्थे ।’
उनका माइला भाई गिरीराज बेलायतमा, साइला भाई यमप्रसाद बहराइन र कान्छा भाई दिल प्रसाद हङकङमा छन् । भाईहरुसँग उनको सम्पर्क टुटेको छ । आमाको मृत्यु भएपछि भाईहरु घरमा जग्मा भएका थिए । उनले अंशबण्डा गरौं भन्दा कसैले सुनेनन् । श्रीमतिसँग झण्डै १५ बर्षअघि नै छुटानाम भइसकेको थियो । सन्तप्रसाद अहिले साइला भाईको स्वामित्वमा रहेको २ कट्ठा १४ धुर जग्गामा निर्मित मुलघरमा छन् । यो घरजग्गा पनि साइला भाईले झेल गरेर आमाबाट बकसपत्र लिएको उनको आरोप छ । उनका अनुसार थुपै ठाउँमा जग्गाजमिन थियो, अधिकांश जमिन कान्छी बहिनी जमुनाले आमालाई झुक्याई बेचेर बेपत्ता बनेकी छिन् । आमाको निधन हुनुअघि उनले काकाको छोरा अजय लिम्बूलाई संरक्षक बनाएर अंश माग गर्दै भाईविरुद्ध मुद्दा दायर गरेका थिए । तर, संरक्षक बनेका भाई अजयले माइला भाईबाट पैसा लिएर मुद्दा फिर्ता गरी एकाएक गायब बनेको उनले बताए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे