युनिफाइड मार्सल आर्टको क्षेत्रीय प्रतियोगिता


धरान । मार्सल आर्टको विभिन्न विद्यालाई एकीकृत गरेर विकास गरिएको खेल तोङ इल मो दो(युनिफाइड मार्सल आर्ट) नेपालमा पनि विस्तारै फैलिदै गएको छ । राजधानीमा केन्द्रीत रहेको यो खेल राजधानीबाहिर पहिलो पटक सुनसरीमा विस्तार भएको हो ।
करिब दुई बर्षअघि सुनसरीमा भित्रिएको यो खेलको शनिबार धरान १६ स्थित सेमी कवर्ड हलमा एक दिने पूर्वाञ्चलस्तरीय तोङ इल मो दो अन्तर इन्टर स्कुल पिस कप आयोजना भयो । तोङ इल मो दो संघ सुनसरीद्धारा आयोजित प्रतियोगितामा लर्ड बुद्ध उच्च मा.वि. झुक्का, कञ्चनजंघा बोर्डिङ स्कुल इटहरी, स्टान्डर्ड बोर्डिङ स्कुल पकली, बालविकास बोर्डिङ्ग स्कुल हाँसपोसा सुनसरी, राधाकृष्ण बो.स्कुल पकली सुनसरी लगायत १५ विद्यालयका ४० भन्दा बढी छात्र तथा छात्राहरुले भाग लिएका थिए ।


यो खेलले मस्तिष्क, ह्दय र शरीरलाई चलाउन भएकोले विद्यार्थीहरुलाई फाइदाजनक हुने संघका अध्यक्ष बिक्रम श्रीले जानकारी दिए । विद्यालयस्तरबाट नै खेलको विकास र खेलाडी विस्तारमा ध्यान दिए भविष्यमा प्रतिभाशाली राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने उनको भनाई छ । प्रतियोगिताको उद्घाटन समारोहमा बक्सिङका ओलम्पियन खेलाडी नरेन्द्र पोमोले खेलाडीले अनुशासन र आफ्नो उद्देश्यलाई खेल जीवनभर छोड्न नहुने बताए । यस्तै, सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र चोङवाङले नेपालले खेलकुदमा प्रगति गरिरहेको उल्लेख गर्दै राज्यले अझ लगानी बढाउनुपर्ने बताए ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे