युवाहरुले देखेको सपना ‘टलकजंग भर्सेस टुल्के’


धरान । २०६४ सालमा राजधानीको गुरुकुलमा एउटा नाटक मञ्चन भयो, टलकजंग भर्सेस टुल्के । चीनीया लेखक लु सुनको कथाबाट प्रभावित यो नाटकलाई दर्शकले खुब रुचाए । नेपालमा १२ पटक र भारतमा एक पटक नाटक मञ्चन भयो ।
त्यतिबेला यो नाटकमा काम गर्ने युवाहरुलाई टुल्के पात्रमा औधी मन परेको थियो । रंगमञ्चमा सिमित यो पात्रलाई उनीहरुले पर्दामा उतार्न चाहे । नाटक लेखक खगेन्द्र लामिछनेले स्क्रिष्ट तयार पारे, र अन्ततः करिब ७ बर्षपछि युवाहरुको सपनाले साकार रुप लियो । गुरुकुलमा सिमित दर्शकमाझ मञ्चन भएको टलकजंग भर्सेस टुल्के अहिले भने आम नेपाली दर्शकको प्रतिक्षामा सिनेमा घरहरुमा छ । राजधानीको हलमा कार्तिक १४ गते नै रिलिज भएको यो फिल्म मोफसलमा भने शुक्रबारदेखि रिलिज हुदैछ ।
‘हामी सपना देख्ने खालका युवाहरु हौं, त्यसैले हाम्रो विचार पनि मिल्छ । युवा सपनाले नै हामीलाई रंगमञ्चबाट फिल्म हलसम्म ल्याइपुर्याएको छ’–फिल्मका लेखक एवं टुल्केको प्रमुख भुमिकामा रहेका खगेन्द्र लामिछानेले भने–‘यो फिल्म हामी युवाहरुको सपना हो, हलमा गएर हेरिदिनुस्, हामी निराश बनाउदैनांै ।’


यो फिल्म यसअघिको चर्चित फिल्म लुटका निर्देशक निश्चल बस्नेतले निर्देशन गरेका हुन् । रमाइलो गर्दा गर्दै पनि फिल्मले गहन सामाजिक बिषयवस्तुलाई उठान गरेको निर्देशक बस्नेतले बताए । लुट भन्दा धेरै फरक भएपनि राम्रो फिल्म बनेको उनले बताए । ‘यो लुट जस्तो फिल्म होइन, फरक छ तर राम्रो छ । काठमाण्डौंको व्यापार र प्रतिक्रियाले हामीलाई मोफसलमा पनि फिल्म राम्रो चल्छ भन्ने विश्वास छ’–बस्नेतले भने ।
कार्यकारी निर्माता एवं कलाकार रविन्द्रसिंह बाँनियाका अनुसार यो फिल्म आफ्नो गुमेको पहिचान एवं अस्तित्व फर्काउन एक व्यक्तिले गरेको संघर्षको कथा हो । ‘तपाई हामी आफुलाई एउटा ठान्छौं, तर व्यवहार भने अर्कै गरिरहेका हुन्छौं । टलकजंग ठकुरी झै बन्न खोजिरहको हुन्छौं तर व्यवहार भने टुल्के कै गछौं’–कार्यकारी निर्माता बाँनियाले भने–‘यो फिल्म तपाई हामी, समाजकै कथामा बनेको छ, यो सामाजिक बिषयवस्तु हो ।’ यसअघि नाटककोरुपमा मञ्चन गरिए पनि यो फिल्ममा धेरै परिवर्तन भएको र राम्रो फिल्म बनेको उनले बताए । फिल्ममा लेखक खगेन्द्र लामिछाने, कार्यकारी निर्देशक बानिया, शुशांक मैनाली, दयाहाङ राईलगायत अधिकांश रंगमञ्चका कलाकारहरुको भुमिका छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे