पाचकन्यामा क्यान्सर रोगबारे निःशुल्क शिविर


धरान । क्यान्सर रोगबारे जनस्तरमा जनचेतना फैलाउन तथा नियन्त्रण गर्ने उद्देश्यले आइतबार धरान २३ पानबारीमा निःशुल्क क्यान्सर शिविर आयोजना गरिएको छ । क्यान्सर रोगबारे जनचेतना फैलाउन स्थापना भएको देवर्षि प्रतिष्ठानको आयोजना र युवा संघ धरान २३ नम्बर वडाकमिटीको व्यवस्थापनमा शिविर सम्पन्न भएको हो ।
उक्त क्यान्सर शिविरमा भक्तपुर क्यान्सर अस्पतालका चार जना चिकित्सकहरुले सर्वसाधारणको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा भर्खरै धरान नगरपालिकामा गाभिएको पाँचकन्या गाउँका एक सय जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएको आयोजकले जनाएको छ । शिविरमा भक्तपुर क्यान्सर अस्पतालका डाक्टर दिपेश धिताल, सेलीना खनाल, जनिधलाल श्रेष्ठ र उत्सव मान श्रेष्ठले स्वास्थ्य परीक्षण गरेका थिए । साथै, शिविरमा डाक्टर धितालले विरामीहरुलाई क्यान्सर रोग, रोगका लक्षणहरुको बारेमा बिरामीहरुलाई जानकारी गराउनुका साथै उपचार प्रकृयाका बारेमासमेत जानकारी दिएको प्रतिष्ठानका सचिव गिरीराज अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार शिविरमा एक जना महिलामा स्तन क्यान्सर गम्भीर अवस्थामा पुगेको पत्ता लागेको थियो भने तीन जना महिलामा क्यान्सरको सम्भावना देखिएको थियो । सम्भावना देखिएका महिलाहरुलाई डाक्टरहरुले तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप जाँच गराउन सल्लाह दिएको अधिकारीले बताए । युवा संघ नेपालका केन्द्रिय सदस्य ज्ञानदिप लिम्बुले धरानको पाचकन्या गाउका जनतालाई घरदैलोमा स्वास्थ्य सेवा पुर्याउन शिविर आयोजना गरेको बताए ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे