तरुण नकआउटमा आयोजक ए विजयी

प्रतियोगिताको सोमबार सम्पन्न उद्घाटन खेलको तस्बिर । 
धरान । तरुण नकआउट फुटबल प्रतियोगितामा आयोजक ए टिमले विजयी शुरुवात गरेको छ । धरान २२ देउरालीस्थित हिमाली माविको खेल मैदानमा मंगलबार सम्पन्न दोस्रो दिनको खेलमा आयोजकले कालापानी मोरङ क्लबलाई ७–१ को विशाल गोलअन्तरले पराजित गर्यो ।
खेलमा आयोजकको जितमा दिपेश लिम्बू एक्लैले ४ गोल गरे भने सुरज राईले २ र शिव बस्नेतले एक गोल गरेका थिए । कालापनीको लागि भने पदम मगरले एक मात्र सान्त्वना गोल गरे । नेपाल तरुण दल धरान २२ नम्बर कमिटिद्धारा आयोजित प्रतियोगितामा बुधबार झुम्का क्लब र मोरङको डागी क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे